कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से फेरि १४ सय तल

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक फेरि १ हजार ४ सय विन्दुभन्दा तल झरेको छ । करिब १ साताअघि पनि नेप्से १ हजार ४ सय तल ओर्लेको थियो ।

त्यसपछि बढेर १ हजार ४ सय २४ विन्दुमा पगेको नेप्से मंगलबार फेरि पुरानै अवस्थामा फर्केको छ । नयाँ सरकारको गठनपछि परिसूचक बढ्ने धेरैको अपेक्षा रहे पनि बजारले त्यस विपरीत प्रवृत्ति देखाउँदै आएको छ ।


मंगलबार बजार खुलेको केही समय बजार सामान्य वृद्धिमा देखिए पनि त्यसपछिको सबै कारोबार अवधिमा नेप्से ओरालो लाग्यो । यही कारण मंगलबार नेप्से १७.१८ अंकले घटेर १ हजार ३ सय ९६.७२ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा यो करिब १.२२ प्रतिशतको कमी हो ।


उक्त दिन कारोबारमा आएकामध्ये होटल र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक घटे । जसमध्ये लघुवित्त समूहको परिसूचक सबैभन्दा बढी २.२१ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.०२ प्रतिशतले घटे । यसैगरी बैंकिङ समूहको परिसूचक १.२४, व्यापारको १.३६, विकास बैंकको १.१४, जलविद्युत्को १.४२, वित्त कम्पनीको ०.४१ र बिमाको १.५४ प्रतिशतले घटे । तर, होटल समूहको परिसूचक ०.१६ र ‘अन्य’ को ०.०५ प्रतिशतले सकारात्मक रहे ।


मंगलबार करिब ४ हजार २ सय कारोबारबाट १ सय ६० कम्पनीका १० लाख १९ हजार ६ सय ९० कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ४० करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । योसँगै सेयर बजार पुँजीकरण पनि घटेर १६ खर्ब ३३ अर्ब रुपैयाँ कायम भएको छ । सोमबार सार्वजनिक बिदा परेकाले स्टक एक्सचेन्जमा सेयरको कारोबार भएन ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?