कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से लगातार घटयो

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार पनि नेप्से परिसूचक करिब दोहोरो अंकले घटयो । यो साता सुरु दखि लगातार रूपमा घटेको नेप्सेले बुधबार परि सोही प्रवृत्ति दोहोरिएको हो । दिनभरको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक ९.६९ अंकले घटेर १ हजार ३ सय ८७.०८ विन्दुमा ओर्लेको छ ।

नेप्से लगातार घटयो

अघिल्लो दिनको तुलनामा परिसूचक ०.६९ प्रतिशतले कम हो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचकमा दबाब परेको थियो । उक्त दिन बजार खुलेदेखि नै तीव्र रूपमा ओरालो लागेको नेप्सेले अन्तिम समयसम्म पनि सोही प्रवृत्तिलाई पछयाएको थियो ।


गत साता बुधबार र बिहीबार नेप्से बढेको थियो । नयाँ सरकार गठन हुने हल्लाले बुधबार अन्तिम २० मिनेटमा बजार बढदा परिसूचक करिब साढे ८ अंकले उकालो लागेको थियो । त्यसपछि बिहीबार नेप्से करिब ३६ अंकले बढयो । त्यो वृद्धि लामो समय टिक्न सकेन र गत आइतबारदेखि नेप्से लगातार रूपमा घटिरहेको छ । सरकार गठन भए पनि नयाँ सरकारले पूर्णता पाउन नसकेकाले बजारप्रति धारणा सार्वजनिक नहुनु, ब्याजदर बढदो दरमा रहनु, बजारमा अत्यधिक सेयर आपूर्ति हुनुलगायत कारण नेप्से परिसूचक बढन नसकेको जानकारहरू बताउँछन् । नयाँ सरकारको अर्थमन्त्री नियुक्त भएर बजारसम्बन्धी सरकारको धारणा बाहिर नआउन्जेल अपेक्षित रूपमा नेप्से बढ्न नसक्ने उनीहरूको भनाइ छ । बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको व्यापारमा २८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन साढे ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार करिब ३ हजार ३ सय कारोबारबाट १ सय ४५ कम्पनीका ७ लाख १३ हजार ६ सय ४२ कित्ता सेयर किनबेच भए ।


उक्त दिन जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी १.०४ प्रतिशतले बढयो । यसैगरी बैंकिङ समूहको परिसूचक ०.७२, होटलको ०.६९, विकास बैंकको ०.७९, बिमाको ०.५२, उत्पादन तथा प्रशोधन ०.५२, ‘अन्य’ ०.८६ र लघुवित्त ०.२४ प्रतिशतले घटे ।

प्रकाशित : फाल्गुन १०, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?