कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पन्ध्र अंकले घटयो नेप्से

नेप्से घटेर २५५.४७ विन्दुमा

काठमाडौँ — सेयर बजार ओरालो लाग्ने क्रम मंगलबार पनि थामिएन । केही साताहरूमा निरन्तर जस्तै घटिरहेको नेप्से मंगलबार करिब १५ अंकले घटयो ।

पन्ध्र अंकले घटयो नेप्से

अघिल्ला दुई दिन पनि नेप्से परिसूचक घटेको थियो । मंगलबारको गिरावटदर आइतबार र सोमबारको भन्दा बढी हो । मंगलबार दिनभरको कारोबारमा नेप्से परिसूचक १.१८ प्रतिशतले घटेर १ हजार २ सय ५५.४७ विन्दुमा ओर्लियो । उक्त दिन कारोबारमा आएकामध्ये होटलबाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले ओरालो लागेको हो ।

मंगलबार कारोबार सुरु भएदेखि घट्न थालेको बजारले अन्त्यसम्म पनि सोही प्रवृत्ति पछयाइरहयो । कारोबारमा आएका १ सय ५९ कम्पनीमध्ये २० कम्पनीको सेयर मूल्य बढयो, १ सय २७ कम्पनीको सेयर मूल्य घटयो भने १२ कम्पनीको सेयर मूल्य स्थिर छ । नेप्से घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) १४ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ ।

दिनभरको व्यापारमा करिब ५ हजारपटक सेयर कारोबार भयो । ती कारोबारबाट ९ लाख ६२ हजार ९ सय ५२ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचबाट ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिनको तुलनाका कारोबार रकम करिब आधाले कम हो । सोमबार सेयर बजारमा ६२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार होटल समूहको परिसूचक करिब ०.९८ प्रतिशतले बढयो । बैंकिङ समूहको परिसूचक ०.८७, विकास बैंकको १.०२, जलविद्युत् र वित्त कम्पनीको समान दर (१.३५ प्रतिशत), बिमाको २.४८, उत्पादन तथा प्रशोधन १.९८, लघुवित्तको १.४१ र ‘अन्य’ समूहको परिसूचक ०.९९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?