कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

असिनापानीले गहुँमा क्षति

स्याङ्जा — असिनाले जिल्लाको पश्चिम भेगको गहुँ बालीमा ठूलो क्षति पुगेको छ । कालीगण्डकी गाउँपालिकाका विभिन्न स्थानमा असिनापानीले नोक्सान पारेको किसानले बताएका छन् ।

असिनापानीले गहुँमा क्षति

कल्से डहरका पूर्ण भट्टराईले बाली उठाउनै नसकिनेगरी असिनाले सोत्तर बनाएको बताए । ‘चामलको काम गहुँले नै धान्दै आएको थियो । काटेर भित्र्याउने बेला असिनाले बर्बादै पार्‍यो,’ उनले भने, ‘बीउ पनि बचाउन पाइएन ।’


करिब सय रोपनीमा फैलिएको खेतमा गहुँ बाली काट्नै नमिल्नेगरी असिनाले सोत्तर बनाएको उनले सुनाए । यहाँका करिब ७० घरपरिवारले गहुँ खेती गर्दै आएका छन् ।


गहुँखेतीका लागि यहाँको माटो उर्वर भएकाले बर्सेनि किसानले लगाउने गरेका छन् ।


प्रकाशित : वैशाख ५, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?