कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुहावट रोक्न ट्याङकरमा तालाबन्दी

माधव ढुंगाना

भैरहवा — नेपाल आयाल निगमले सोमबारदेखि भारतबाट रुपन्देहीको भलवारी डिपोका लागि हुने पेट्रोलियम पदार्थको ढुवानीमा तालाबन्दी गरेको ट्याङकरको प्रयोग गर्ने भएको छ ।

चुहावट रोक्न ट्याङकरमा तालाबन्दी

निगमको क्षेत्रीय कार्यालय भलवारीका प्रमुख अशोक साहले ढुवानीका क्रममा बिच बाटोबाट चुहावट तथा अन्य बदमासी हुन नदिनका लागि ट्याङकरमा तालाबन्दी (सिल) गरेर मात्रै पेट्रोलियम पदार्थको ढुवानी गर्न लागिएको जनाए ।


उनका अनुसार, तत्कालका लागि तालाबन्दी गर्न मिल्ने गरि तयार पारिएका ३२ वटा ट्याङकरबाट यसको सुरुवात गरिने छ । अन्य ट्याङकरमा पनि ताला लगाउन मिल्ने गरि ट्याङकर धनिले तयार गरिरहेका छन् । ३ महिनाभित्र सबै ट्याङकरमा तालाबन्दी गरि ढुवानी गरिने छ ।


भारतको बैतालपुर र मुगलसरायबाट भलवारी डिपोको लागि कुल १ सय ९३ वटा ट्याङकरले पेट्रोलियम पदार्थको ढुवानी गर्ने गर्छन् । यस भन्दा अघि पेट्रोलियम पदार्थको लोड गरिसकेपछि ट्याङकरमा सामान्य एउटा मात्र तारले सिल गरेर ढुवानी गर्ने गरिन्थ्यो । तार सहजै चुडिने सम्भावना रहेकाले भरपर्दो थिएन ।


सोमबार निगमको भलवारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुग्ने ट्याङकरमा पेट्रोलियम पदार्थ लोड गरे पश्चात् तालाबन्दी गरेर ढुवानीको सुरुवात गरिने भएको छ ।


पेट्रोलिययम पदार्थ ढुवानी गर्न गएका ट्याङकरलाई लोड गरिसकेपछि बैतालपुर र मुगलसरायमा रहेको भारतीय आयल कर्पोरेसनका कर्मचारीले विशेष खालको ताला लगाईदिने गर्छन् । भलवारी डिपोमा अनलोड गर्ने बेलामा उक्त ताला नेपाल आयल कर्पोरेशनका कर्मचारीले खोल्ने छन् ।

प्रकाशित : वैशाख ९, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?