कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिना,पानीले बाली नष्ट

भीमबहादुर सिंह

जाजरकोट — आइतबार हावहुरीसँगै आएको असिना पानीका कारण बारेकोट गाउँपालिका–८, छुचीपाल्तीमा लाखौँको क्षति भएको छ ।

असिना,पानीले बाली नष्ट

छुचीपाल्तीमा लगाइएको अन्नबाली, तरकारी र फलफुल खेति पूर्ण रुपमा नष्ट भएको छ । असिनाले गहुँ, जौ, धानको विउ, फापर, तोरी, आलु, स्याउ, सुन्तोला, कागती, अमिलो, किबी लगायतका बाली नष्ट गरेको हो ।


हिउँदे खेती पूर्ण रुपमा क्षति भएपछि किसान चिन्तित भएका छन् । असिनापानीले ७ सय रोपनीमा लगाइएको अन्नबाली तथा फलफुल खेतीमा क्षति गरेको वडा अध्यक्ष लालभक्त सिंहले बताए ।


अन्नबाली भित्र्याउने बेलामा असिनाले नष्ट पारेपछि भोकमारीको समस्या आउने वडाध्यक्ष सिंहले बताए ।

प्रकाशित : वैशाख ३१, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?