कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

स्याङजाको बजेट २ अर्ब ९७ करोड ६८ लाख

प्रतिक्षा काफ्ले

स्याङजा — सरकारले मंगलबार सार्वजानिक गरेको बजेटमा स्याङजालाई २ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ । 

स्याङजाको बजेट २ अर्ब ९७ करोड ६८ लाख

५ नगर र ६ गाउँपालिका रहेको स्याङजामा गत वर्षको तुलनामा यस वर्ष बजेट घटेको हो ।


सार्वजानिक गरिएको बजेट अन्तर्गत गल्याङ नगरपालिकामा ३३ करोड ७२ लाख रुपैयाँ रहेको छ भने चापाकोटलाई ३० करोड ५३ लाख, पुतलीबजारलाई ४३ करोड ८८ लाख, भीरकोटमा २४ करोड ६ लाख र वालिङमा ४३ करोड ५७ लाख रपैयाँ रहेको छ ।


यस्तैगरी अर्जुनचौपारी गाउँपालिकाको लागि १८ करोड ७९ लाख, आँधीखोलामा २५ करोड २० लाख, कालीगण्डकीमा २२ करोड ९१ लाख, फेदीखोलामा १७ करोड ७ लाख, विरुवामा २० करोड ४४ लाख र हरिनासको लागि १७ करोड ५२ लाख रुपैयाँ विनियोजन भएको छ । वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान गरी दुई वटा शिर्षकमा मात्र बजेट आएको छ ।


यही बजेटभित्र स्थानीय तहले आफैँ शीर्षक बनाएर बजेट छु्ट्याउने छन् । छुट्टाइएको बजेट नगर/गाउँसभा मार्फत पेश गरिनेछ । स्याङजामा यस वर्षको बजेटले विकास निर्माणका एउटा पनि गौरवका योजनाहरु समेटिएनन् ।

प्रकाशित : जेष्ठ १६, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?