विज्ञापन संघ र चौधरी गु्रुपबीच सम्झौता

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विज्ञापन संघले दसौं कृति अबार्डको टाइटल स्पोन्सरका लागि चौधरी ग्रुपसँग सम्झौता गरेको छ ।

भदौ ७ मा आयोजना हुने उक्त अवार्डका लागि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशि’ ले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा छ ।

अब दसौं कृति अबार्डको टाइटल स्पोन्सर नेपाल आइस (सीजी ब्रुअरी नेपाल) र पावर्ड प्ले सीजी सिमेन्ट हुने जनाइएको छ ।

Yamaha

प्रकाशित : असार ५, २०७५ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लालीगुराँस र एचएचसीए च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — आयोजक लालीगुराँस नेसनल एकेडेमी र एचएचसीएले चौथो लालीगुराास अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा एचएचसीए सिनियर गल्र्समा च्याम्पियन बनेका छन् ।

जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले महामञ्जुश्रीलाई ३७–३३ ले पराजित गर्‍यो । लालीगुराँसको जितमा प्रिन्स केसीले १५ अंक योगदान गरे । ईडेन ब्रिज एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा एचएचसीएले ग्रिनल्यान्डलाई २६–२० ले हरायो । एचएचसीएकी अनिता सुनुवारले १५ अंक जाडिन् । महामञ्जुश्री तेश्रो भयो ।
ब्वाइजमा लालीगुराँसका दिपेश क्षेत्री तथा गल्र्समा एचएचसीएकी अनिता सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा बूढानीलकण्ठ तथा गल्र्समा फ्लोरोसेन्टले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ, लालीगुराँसका चेयरम्यान लोकबहादुर पुन र प्रिन्सिपल गोपाल बुढाथोकीले पुरस्कार वितरण गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा ८ टिम सहभागी थिए ।

प्रकाशित : असार ५, २०७५ ११:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT