बढ्न सकेन कारोबार रकम

काठमाडौँ — आइतबार बजारमा करिब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । करिब ३ हजार २ सय ३५ कारोबारबाट १ सय ६७ कम्पनीका करिब ७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा २० करोड ९१ लाख रुपैयाँ परिचालन भएको हो ।

बढ्न सकेन कारोबार रकम

केही दिनयता सेयर बजारमा दैनिक रूपमा थोरै रकमको मात्र कारोबार हुँदै आएको छ । लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा रहेकाले सेयर बजारमा परिसूचक र कारोबार रकम अपेक्षित रूपमा बढ्न नसकेको ब्रोकरहरूले जनाएका छन् ।

कारोबार रकम घटे पनि आइतबार नेप्से परिसूचक भने १.३५ अंकले सकारात्मक छ । गत बिहीबारको तुलनामा यो ०.११ प्रतिशतले कम हो । उक्त दिन बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको सेयर मूल्य केही बढेपछि समग्र नेप्सेमा सामान्य सुधार देखिएको हो । उक्त दिन बैंकिङ समूहको परिसूचक ०.१८, विकास बैंकको ०.१६, वित्त कम्पनी ०.५६ र बिमा समूहको परिसूचक ०.३७ प्रतिशतले बढे । तर, होटल, जलविद्युत्, ‘अन्य’ र लघुवित्त समूहका परिसूचक घटे ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.११ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीहरूरुको कारोबार मापक फ्लोट परिसूचक ०.२१ प्रतिशतले सकारात्मक रहयो ।

प्रकाशित : असार ११, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?