कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ औं धान दिवस: पोखरामा रमाए पर्यटक

लेखनाथ — पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव मनाइएको छ । पोखरा पर्यटन परिषद्ले फेवा तालपारि पामेको चार रोपनी खेतमा महोत्सव आयोजना गरेको हो ।

१५ औं धान दिवस: पोखरामा रमाए पर्यटक

महोत्सवमा हिलो खेलेर स्वदेशी एवं विदेशी पर्यटक रमाए । हल गोरु दौडाउने प्रतियोगिता, साउने–असारे गीत गाउने, धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता महोत्सवको आकर्षण बने ।

विदेशी पुरुष एवं महिला हिलो दौड प्रतियोगितामा पर्यटक सहभागी भए । खुला पुरुष र महिला, पत्रकार पुरुष र महिलाको पनि हिलो दौड प्रतियोगिता भएको थियो ।

महोत्सव उद्घाटन गर्न पुगेका प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल खेतमै पसेर हल गोरु नारे ।

हिलोमा साउने लाउने क्रममा हल गोरु दौडिँदा उनी हिलोमा पछारिन पुगेका थिए । प्रदेश सांसद राजीव पहारी पनि साउने लगाउन खेत पसेका थिए ।

परिषद्का अध्यक्ष केदारनाथ शर्माले नेपालको परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको बताए ।

महोत्सवले खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आºनो पेसाप्रति अभिप्रेरित गर्न सहयोग पुर्‍याउने उनले जनाए ।

कास्कीका उत्कृष्ट कृषकलाई परिषद्ले सम्मान गरेको छ । महोत्सवमा ५ सय विदेशीसहित २५ हजार पर्यटक सहभागी भएको परिषद्को दाबी छ ।

प्रकाशित : असार १६, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?