कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थिस्सेनक्रुप र टाटा स्टिल मर्ज हुँदै

एपी

बर्लिन — जर्मनीको थिस्सेनक्रुप र भारतको टाटा स्टिलले युरोपियन स्टिल अपरेसन्सलाई एउटा नयाँ कम्पनीमा विलय गरी सञ्चालनमा ल्याउने सम्झौता गरेको छ । फर्मलाई विलय गर्नेबारे सम्झौतामा दुई कम्पनीका प्रतिनिधिहरूले शनिबार हस्ताक्षर गरेका छन् ।

थिस्सेनक्रुप र टाटा स्टिल मर्ज हुँदै

कम्पनीका प्रतिनिधिहरूले भनेका छन्, ‘आफूहरूले युरोपेली स्टिल अपरेसन्सलाई एउटा नयाँ फर्ममा विलय गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छौं । सम्झौतापछि नेदरल्यान्डमा दुई कम्पनीको संयुक्त लगानीमा ५० प्रतिशत साझेदारी हुनेछ । संयुक्त रूपमा सञ्चालन हुने उक्त नयाँ कम्पनी ‘थिस्सेनक्रुप टाटा स्टिल बीभी’ को नाममा सञ्चालन गरिने जनाएको छ ।

नियमनकारी संस्थाले यो विलयलाई अनुमोदन गरे आर्सेलर मित्तलपछि यो युरोपकै सबैभन्दा ठूलो दोस्रो स्टिल कम्पनी बन्नेछ । विलयपछि जर्मनी, बेलायत, नेदरल्यान्डमा झन्डै ४८ हजार कामदारलाई रोजगारी प्राप्त हुनेछ । झन्डै चार हजारले जर्मनीमा मात्रै रोजगारी पाउनेछन् । श्रम प्रतिनिधिहरूले सम्झौतालाई स्वीकृति दिने संकेत दिएको छ ।

प्रकाशित : असार १७, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?