थिस्सेनक्रुप र टाटा स्टिल मर्ज हुँदै

एपी

बर्लिन — जर्मनीको थिस्सेनक्रुप र भारतको टाटा स्टिलले युरोपियन स्टिल अपरेसन्सलाई एउटा नयाँ कम्पनीमा विलय गरी सञ्चालनमा ल्याउने सम्झौता गरेको छ । फर्मलाई विलय गर्नेबारे सम्झौतामा दुई कम्पनीका प्रतिनिधिहरूले शनिबार हस्ताक्षर गरेका छन् ।

कम्पनीका प्रतिनिधिहरूले भनेका छन्, ‘आफूहरूले युरोपेली स्टिल अपरेसन्सलाई एउटा नयाँ फर्ममा विलय गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छौं। सम्झौतापछि नेदरल्यान्डमा दुई कम्पनीको संयुक्त लगानीमा ५० प्रतिशत साझेदारी हुनेछ। संयुक्त रूपमा सञ्चालन हुने उक्त नयाँ कम्पनी ‘थिस्सेनक्रुप टाटा स्टिल बीभी’ को नाममा सञ्चालन गरिने जनाएको छ।

नियमनकारी संस्थाले यो विलयलाई अनुमोदन गरे आर्सेलर मित्तलपछि यो युरोपकै सबैभन्दा ठूलो दोस्रो स्टिल कम्पनी बन्नेछ। विलयपछि जर्मनी, बेलायत, नेदरल्यान्डमा झन्डै ४८ हजार कामदारलाई रोजगारी प्राप्त हुनेछ। झन्डै चार हजारले जर्मनीमा मात्रै रोजगारी पाउनेछन्। श्रम प्रतिनिधिहरूले सम्झौतालाई स्वीकृति दिने संकेत दिएको छ।

Yamaha

Esewa Pasal

प्रकाशित : असार १७, २०७५ ०८:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एसिया कप अब यूएईमा

एपी

दुबई — सन् २०१८ को एसिया कप क्रिकेट यूएईमा हुने भएको छ ।

सेप्टेम्बर १३ देखि २८ सम्म हुने प्रतियोगिता यसअघि भारतमा हुने तय थियो । भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण प्रतियोगिता सार्नुपरेको हो ।

यसपल्ट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको सहभागिता हुनेछ । प्रतियोगिताको छैटौं टिमको निर्णय यूएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच हुने प्ले–अफले निर्धारण गर्नेछ ।

प्रकाशित : चैत्र २८, २०७४ ०९:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT