उपभोक्तालाई नहर हस्तान्तरण 

माधव घिमिरे, विनोद भण्डारी

सितागञ्ज(सुनसरी) — विश्व बैंकले ३८ करोड खर्च गरेर सुनसरी मोरङ सिँचाई योजनाका दुईवटा शाखा नहरको अतिआवश्यक संरचनाको मर्मत र सुधार गरी सञ्चालनकालागि असार दोस्रो सता स्थानीय उपभोक्तालाई हस्तान्तरण गरेको छ । 

विश्व बैंकले सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना अन्र्तगत योजनाको सुनसरीमा पर्ने सितागञ्ज र रामगञ्ज शाखा नहरको अतिआवश्यक स्थानमा लाइनिङ सहित र ढुङगा तारजालीले ब्याक प्रोटेक्सन निर्माण गरेर सञ्चालनकालागि स्थानीय उपभोक्तालाई हस्तान्तरण गरेको हो।

Yamaha

सञ्चालन र मर्मतकालागि स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएको योजनाका शाखा नहर मध्ये सितागञ्ज शाखाले सुनसरीको ७ हजार ६ सय र रामगञ्ज शाखाले ६ हजार ८ सय ४८ हेक्टर क्षेत्रमा सिँचाई पुर्‍याउदै आएको छ।

योजनाका इन्जिनियर प्रदीप वान्तवाका अनुसार दुवै शाखा नहरको अतिआवश्यक संरचना मर्मत सहित नहरवाट किसानको खेतसम्म पानी पुर्‍याउने अढाई सय भन्दाबढी वाटर कोष समेत मर्मत गरी सञ्चालनकालागि प्राविधिक र उपकरणसहित उपभोक्तालाई बुझाइएको हो।

विश्व बैंकले २०७२ भदौदेखि उक्त दुई शाखा नहरको अतिआवश्यक संरचनाको पहिलो, दोस्रो र तेस्रो चरणमा मर्मत र सुधार कार्य सुरुगरी गत असार १५ गते विश्व धान दिवसका उपलक्ष्यमा उपभोक्तालाई प्राविधिक र उपकरण हस्तान्तरण गरेको इन्जिनियर वान्तवाले बताए।

हस्तान्तरणपछि उपभोक्ता समितिले नहरको मर्मत सम्भार आफै गरेर त्यसका उपशाखा समेत आफैँले सञ्चालन गर्नुपर्ने हुन्छ। त्यसकालागि विश्व बैंकले दुईवटै शाखाका उपभोक्ता समितिलाई कार्यालय भवन सहित एकएक थान जेसीभी, स्काभेटर ट्याक्टर, मोटरसाइकल, साइकल र कम्प्युटर प्रिन्टर उपलब्ध गराएको छ।

विश्व बैंककै लगानीमा चिनीयाँ निर्माण कम्पनीले मुलुककै सबैभन्दा ठूलो सुनसरी मोरङ सिचाई योजनाका संरचना निर्माण भएको थियो। सुनसरीको चतरामा मुहान भएको योजनाको मूल नहरको लम्बाई ५३ किलोमिटर र यसका २१ वटा शाखा छन्।

सुनसरी र मोरङको ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाई पुर्‍याउँदै आएको योजनाका सबै संरचनाको आयु सकिसकेकाले योजनाले हरेक वर्ष मर्मत र टालटुल गरेर सञ्चालन गर्दै आएको छ। योजनाको नहरमा वर्खायाममा ६० क्यूमेक्स पानी बग्छ।

Esewa Pasal

प्रकाशित : असार २५, २०७५ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बजेट सन्तुलित छः अर्थमन्त्री 

रासस

काठमाडौँ — अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताएका छन् ।  

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै उनले संघ, प्रदेश र स्थानीय तहमा राजश्वको बाँडफाँड एवं स्रोत परिचालनमा सन्तुलन कायम गरिएको बताए ।

अर्थमन्त्री डा खतिवडाले भने, 'बजेट उपयुक्त आकारको छ । प्रादेशिक तवरले बजेट सन्तुलित छ । भूगोलको आधारमा बजेट दिएको छैन । सत्तरी प्रतिशत जनसंख्या र बाँकी प्रतिशत अन्य क्षेत्रलाई दिएर सन्तुलन कायम गरिएको छ ।' उनले सबैलाई सन्तुलित हुने गरी बजेट आएकाले त्यसलाई सोहीअनुसार बुझिदिन आग्रह गरे ।

संघीय संरचनाअनुसार तयार भएका ७ सय ६१ वटा सरकारले ल्याएका बजेटलाई हेर्ने हो भने विनियोजित रु १३ खर्ब १५ खर्ब १६ करोडको बजेट सही आकारको भएको भन्दै उनले प्रदेशसहितको बजेटलाई ध्यान दिन आग्रह गरे ।

चालू आयोजनाको हकमा संघमा भए पनि तल क्षमता विकास हुँदै जाँदा हस्तान्तरण गरिने जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले संघको कार्यक्रम अन्ततः स्थानीय तहमार्फत नै सञ्चालन हुने भएकाले साझेदारी स्थानीयरुपमा जानुपर्ने बताए ।

उनका अनुसार शिक्षा र कृषिमा प्रदेशमा कति अधिकार दिएको भन्नेबारे ७ सय ६१ वटा सरकारमा खोजियो भने प्रष्ट हुन सकिन्छ । त्यसैगरी कृषि क्षेत्रमा पनि सिँचाइ, वन वातावरणलगायत क्षेत्रबाट हेर्ने हो भने कृषिका लागि पर्याप्त बजेट छ ।

विज्ञ समूह खास प्रयोजनका लागि तयार गरिएको भन्दै त्यसको औचित्यका आधारमा अगाडि बढाइने बताउँदै अर्थमन्त्री डा खतिवडाले चौमासिक निकासाका कारण बजेट कार्यान्वयन नभएको र प्रणालीगत कारणले समस्या भएको जानकारी दिए ।

घोषणापत्र, नीति कार्यक्रम र बजेटका बीचमा तालमेल नमिलेको भन्ने सांसदको प्रश्नमा उनले त्यसलाई सम्बोधन गरेर अगाडि बढेको बताए । अर्थमन्त्री डा खतिवडाले बजेट कार्यान्वयनमा समस्या, खरिद ऐनमा समस्या तथा निर्माण व्यवसायीलाई जिम्मेवार बनाउनेजस्ता विषयमा सरकार जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारे ।

प्रकाशित : असार २५, २०७५ १५:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT