कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्यांकरमा लकिङ सुरु

मोरङ — नेपाल आयल निगम लिमिटेड प्रदेश १ डिपो विराटनगरमा भारतबाट पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा सुरक्षित लकिङ प्रणाली शनिबारदेखि लागू भएको छ ।

ट्यांकरमा लकिङ सुरु

इन्डियन आयल कर्पोरेसनको बरौनी डिपोबाट सुरक्षित लकिङ प्रणालीअन्तर्गत आधुनिक ताला लगाएर आयल निगमको प्रदेश १ डिपोमा आइपुगेको ट्यांकरको साँचो हस्तान्तरण गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनको बरौनी डिपोका प्रमुख एस नसिरले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईलाई शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा ट्यांकरको साँचो हस्तान्तरण गरेका हुन् । कार्यकारी निर्देशक भट्टराई र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उक्त साँचोले ट्यांकरको संयुक्त रूपमा ताला खोलेर सुरक्षित लकिङ प्रणालीको उद्घाटन गरे ।

कार्यकारी निर्देशक भट्टराईले पेट्रोलियम ट्यांकरमा अब मुलुकभरि सुरक्षित लकिङ प्रणाली लागू भइसकेकाले पेट्रोलियम पदार्थको चुहावट र गुणस्तरमा सु्धार आउने विश्वास व्यक्त गरे ।‘१९ हजार ट्यांकरमा सुरक्षित लकिङ प्रणालीअन्तर्गत आधुनिक ताला लगाउने काम भएको छ,’ उनले भने, ‘ट्यांकरमा लगाइएको तालाको १ थान साँचो इन्डियन आयल कर्पोसनको डिपोमा र अर्को नेपालमा ढुवानी हुने आयल निगमको डिपोमा हुन्छ ।

प्रत्येक ट्यांकरको ताला र साँचो कम्प्युटराइज रहन्छ ।’ ट्यांकरमा लगाइएको तालाको नक्कली साँचोसमेत बनाउन सकिँदैन र कसैले जबर्जस्ती ताला खोल्ने प्रयास गरे स्वत: लक हुने र सम्बन्धित आयल निगमको डिपोलाई जानकारी हुने उनले बताए ।

प्रकाशित : असार ३१, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?