कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० तोला सुन हस्तान्तरण

काठमाडौँ — ‘कान्तिपुर स्वर्णपुर–२’ ग्राहक योजनाको १० तोला सुन विजेता पोखराकी कलावती गुरुङलाई आइतबार हस्तान्तरण गरिएको छ । कान्तिपुर पब्लिकेसन्स वितरण विभागका सहायक प्रबन्धक किशोर बस्नेतले कलावती र उनका श्रीमान् पुसबहादुर गुरुङलाई १० तोला सुन प्रदान गरेका हुन् ।

१० तोला सुन हस्तान्तरण

‘सुन पर्छ भनेर ग्राहक बनेको हैन,’ पोखराबाट उपहार लिन कान्तिपुर मुख्यालय आइपुगेकी कलावतीले भनिन्, ‘तर, १० तोला सुन पर्‍यो, खुसी लागेको छ ।’

पब्लिकेसन्स वितरण विभागका अनुसार ‘कान्तिपुर स्वर्णपुर–२’ ग्राहक योजनामा बम्पर उपहार एक किलो सुन, हरेक महिना १० तोला सुन र हरेक हप्ता एक किलो चाँदीसहित अन्य योजना ल्याइएको छ । हरेक दिन ‘स्क्रयाच’ मार्फत विभिन्न उपहारको योजना छ ।

ग्राहक योजनाअन्तर्गतका विजेता हरेक महिना ‘लक्की ड्र’ मार्फत चयन गरिन्छ । यसमध्ये दोस्रो महिनाकी विजेता कलावती हुन् । पोखरा महानगरपालिका ७ अन्नपूर्ण टोल निवासी उनीहरू करिब १५ वर्षदेखि कान्तिपुर दैनिकका ग्राहक छन् ।

प्रकाशित : श्रावण ७, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?