कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेप्सी छोड्दै इन्द्रा

एजेन्सी

न्युयोर्क — पेप्सीकोकी प्रमुख कार्यकारी इन्द्रा नोयीले कम्पनी छाड्ने घोषणा गरेकी छन् । १२ वर्ष पेप्सीकोको नेतृत्व गरेकी उनी सफलमध्येकी एक महिला नेतृ मानिन्छिन् ।

पेप्सी छोड्दै इन्द्रा

सन् २०१७ मा फोब्र्स म्यागेजिनले तयार पारेको विश्वका शक्तिशाली एकसय महिलाको सूचीमा उनी ११ औं स्थानमा थिइन् ।

सन् २००६ मा उनले नेतृत्व गरेयता पेप्सीकोको सेयर ७८ प्रतिशतले वृद्धि भएको छ । उनको स्थानमा कम्पनीका अहिलेका अध्यक्ष रामोन लागुवार्टाले पद सम्हाल्नेछन् ।

नोयी २४ वर्षयता कम्पनीसँग काम गरिरहेकी छन् । आफ्नो ट्वीटर पोस्टमार्फत पद छाड्ने जानकारी गराउँदै नोयीले आफूले पेप्सीकोजस्तो कम्पनीको नेतृत्व गर्न पाएकामा आभार व्यक्त गरेकी छन् ।

कम्पनीको प्रमुख कार्यकारी बन्नुअघि उनी प्रमुख आर्थिक अधिकृत थिइन् । कम्पनीको प्रमुख कार्यकारी बनेयता उनले कम्पनीको आम्दानीमा पनि उल्लेख्य सुधार गरेकी छन् । पेप्सीकोको प्रमुख कार्यकारीको पद लागुवार्टाले अक्टोबर पहिलो सातादेखि सम्हाल्नेछन् । नोयीले भने सन् २०१९ को सुरुवाती चरणसम्म कम्पनीको अध्यक्ष पद सम्हाल्नेछिन् ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?