कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको अलैंची राम्रो : चिनियाँ टोली

ताप्लेजुङ — नेपाल भ्रमणमा आएका चिनियाँ टोलीले नेपालको अलैंची राम्रो भएको जनाएको छ । चीनको सिचुआन प्रान्तबाट आएका टोलीले नेपाली अलैंचीबारे उक्त प्रतिक्रिया दिएको हो ।

नेपालको अलैंची राम्रो : चिनियाँ टोली

सिचुआन प्रान्तका औषधि उत्पादक कम्पनीका म्यानेजर ल्हाहो, अस्पताल व्यवस्थापन समितिका व्यवस्थापक सियु, आयुर्वेदिक औषधि निर्माण कम्पनीका प्रमुखलगायतको आठ सदस्यीय टोली नेपाल आएको थियो । सदरमुकाम फुङलिङको सतलडाँडा अलैंची बगानमा पुगेका प्रत्येकले अलैंचीलाई गम्भीर भएर अध्ययन गरेका थिए । दोभासेमार्फत किसानसँग बीउ, मलको प्रयोगदेखि उत्पादन प्रक्रियाका विषयमा चासो राखेका थिए ।

औषधि एसोसिएसन चाइनाका अध्यक्ष लियुले अलैंचीको प्याकेट पाउने बित्तिकै त्यसलाई खोले र राम्ररी नियालेका थिए । त्यसपछि दाहिने हातका दुईवटा औंलाले अलैंचीको दाना च्यापेर वरिपरि घुमाए र नजिकैको टेबुलमा घोटेर हेरेका थिए । त्यही दानालाई फुटाएर क्रमैसँग बोक्रो र दाना खाएपछि भने, ‘गजब्बको रहेछ ।’

त्यसपछि पाकेटबाट अर्को दाना फुटाएर टेबुलमा राखे अनि खल्तीबाट मोबाइल निकालेर तस्बिर खिचेका थिए । त्यसपछि भने आफूसँगैका साथीसँग यिनै दानाका विषयमा कुराकानी गरे । तिनै लियुले बगानमा पुगेपछि फल लागेको बगान र बोटको तस्बिर लिएका थिए । त्यसपछि स्थानीय किसानको सहयोगमा एउटा थुंगा र दाना बोटबाटै निकालेका थिए । अलैंची सुकाउने भट्टी र अलैंचीको दानाबाट बनाउने खाद्य सामग्री हेरिसकेपछि दानालाई धूलो बनाउने एक सेट मेसिन आफूले व्यक्तिगत तरिकाले पठाइदिने उद्धघोष पनि गरे ।

प्रकाशित : भाद्र ३, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?