पूर्वी पहाडमा तिहारसम्ममा हवाई सेवा सुरु हुने

‘तीनवटै टवनअटर चल्यो भने एउटालाई यहीं राखेर साताको तीन दिन पहाडी भेकमा उडाउँछौं ।’
जितेन्द्र साह

विराटनगर — पूर्वी पहाडी भेकमा लामो समयदेखि ठप्प हवाई सेवा तिहारसम्ममा पुन: सुरु हुने नेपाल वायु सेवा निगमको विराटनगर स्टेसनले जनाएको छ ।

विराटनगरबाट भोजपुर र खोटांगको खानीडाँडासम्म गर्दै आएको उडान विमान बिग्रेर बन्द भएको छ । पहाडी क्षेत्रमा सक्दो तिहारअगावै उडान सेवा फेरि सुरु गरिसक्ने निगमको विराटनगरस्थित कार्यालयका वाणिज्य विभागका क्षेत्रीय प्रबन्धक नारायण पुरीले जानकारी दिए ।

एक मात्र विमान पनि मरम्मतका लागि गएकोले पहाडी भेकको उडान प्रभावित भएको पुरीले जनाए । हाल निगमसँग भएको तीन घरेलु विमानमध्ये दुई मात्र सञ्चालित छ । उनले कान्तिपुरसँग भने, ‘तीनवटै टवनअटर चल्यो भने एउटालाई यहीं राखेर साताको तीन दिन पहाडी भेकमा उडाउँछौं ।’ २०६०/६२ सम्म विराटनगरबाट सोझै पूर्वी पहाडमा विमान उड्ने गरेको जानकारहरूले बताए । केही वर्षदेखि भने काठमाडौंबाटै आएको विमान पहाडी भेकमा पनि उड्ने गथ्र्यो ।

Yamaha

पुरीले ताप्लेजुंग, संखुवासभाको तुम्लिङटार, भोजपुर, ओखलढुंगाको रुम्जाटार र खोटांगको लामीडाँडामा पनि नियमित उडान गर्ने प्रयासमा रहेको बताए ।

उनले यसका लागि विराटनगरमै आधार बनाएर नियमित उडानका लागि एक टवनअटर विमान निगमको केन्द्रीय कार्यालयसँग मागेको जनाए । ‘ढुक्कै विराटनगरमा राखेर उडाउने हामीसँग एउटै विमान छैन,’ उनले भने ।

निगमले चीनसँग वाईटुएलथ्री नामक चार र एमएसिक्स्टी नाम दुई गरी ६ थप नयाँ टवनअटर एक वर्षभित्रै किन्न लागेको छ । ‘आन्तरिक उडानका लागि ९ विमान भएपछि सेवा सहज हुन्छ,’ उनले भने । पुरीले यसपछि पर्यटकीय एवं आर्थिक गतिविधिले समेत गति लिने बताए । ‘योसँग स्थानीय ट्राभल एजेन्सी, होटल, यातायात र श्रमिकसमेत जोडिएका हुन्छन्,’ उनले भने, ‘नउडा यो वर्ग प्रत्यक्ष मर्कामा पर्छन् ।’

अन्य विमान सेवाको भाडादर महँगो भएको उनले बताए । ‘निगमको जहाज उडदा त अरूले पनि भाडादर घटाउँछन्,’ पुरीले भने, ‘प्राविधिक गडबडीले हाम्रोले उडान नगरेको दिन त अरूहरूले यात्रुसँग दोब्बर भाडा असुल्छन् ।’

Esewa Pasal

प्रकाशित : भाद्र १८, २०७५ ०८:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

बिप्लब महर्जन

सल्यान — बाग्चौर नगरपालिका–१२ बाफुखोलामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाकाे मृत्यु भएकाे छ ।

शनिबार राति स्थानीय बालाराम डाँगीकाे घर पुरिँदा उनका दुई छोरी र एक छोराकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।


अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले आइतबार बेलुकी झन्डै सात बजेतिर उनीहरु खेल्दै गरेको बेला घरसँंगै पुरिएका थिए ।

मृत्यु हुनेमा डाँगीका ८ वर्षीय छोरी ललिता डाँगी, ४ वर्षीय मेनुका डाँगी र ६ वर्षीय छोरा ललित डाँगी छन् । बाबुआमा बेलुकी भैंसी दुहुन गोठ गएको समयमा पहिरो खसेको प्रहरीले जनाएको छ । वर्षाका बेला घरमाथिबाट थप पहिरो आउने खतराले गर्दा कसैले उद्धार गर्न नसकेको प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले बताए ।वर्षा रोकिएपछि सोमबार बिहान इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले शव निकालेको शाहीले बताए ।
दुई तले घर पहिरोले च्यापिएको हो । च्यापिएर तीन छोराछोरीको मृत्यु पछि बाबु बालाराम डाँगी र आमा बेहोस छन् ।

केही दिन अघि बाग्चौर नगरपालिका–४ सेतोगुराँसमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT