कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५४ लाखसहित पाँच हुण्डी कारोबारी पक्राउ

रासस

पर्सा — नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई साेमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 

५४ लाखसहित पाँच हुण्डी कारोबारी पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे ५४ लाख ९६ हजार र हुण्डीको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।


वीरगञ्जको घडिआर्व र माइस्थान चोकमा हुण्डी कारोबार भएको सूचनाका आधारमा कारवाही गर्दा स्रोत खुलाउन नसकेको भारी परिमाणमा नेपाली रुपैयाँ बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुई जना भारतीय र तीन जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।


उनले अवैध कारोबारमा संलग्न भएको अभियोगमा पर्साको बिन्दवासनी गाउँपालिका–५ का पवनकुमार गुप्ता, वीरगञ्ज–६ का अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१ का अजयकुमार जैशवाल, भारत विहार रक्सौलका अशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी सावीर मियाँलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।


पक्राउ परेका मध्ये पवनकुमार गुप्ता र अजयकुमार जैसवाल अवैध मुद्राको मुख्य कारोबारी भएको अनुसन्धानबाट खुलेको नायब उपरीक्षक थापाले जानकारी दिए ।


आइतबार अपराह्न्न प्रहरीले छापा मार्दा नियन्त्रणमा लिएका ८ जना मध्ये तीनको काराेबारमा संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको थापाले बताए ।


बरामद गरिएको रकम र पक्राउ परेका व्यक्तिलाई आजै राजश्व अनुसन्धान विभाग पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?