१० तोला सुन निमेषलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर पब्लिकेसन्सको ‘कान्तिपुर स्वर्णपुर २’ ग्राहक योजनाका १० तोला सुन विजेता वसुन्धाराका निमेष नेम्बाङ लिम्बुलाई हस्तान्तरण गरिएको छ ।

नेपाल साप्ताहिकका सहायक सम्पादक वसन्त बस्नेतले लिम्बुलाई मंगलबार १० तोला सुनको सिक्री हस्तान्तरण गरेका हुन् ।

पब्लिकेसन्स वितरण विभागका अनुसार ‘कान्तिपुर स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर उपहार एक किलो सुन, हरेक महिना १० तोला सुन र हरेक हप्ता एक किलो चाँदीसहित अन्य योजनाहरू ल्याइएको छ ।

Yamaha

ग्राहक योजनाअन्तर्गतको विजेता हरेक महिना ‘लक्की ड्र’ मार्फत चयन गर्ने गरिने गरेको छ । योजनाको तेस्रो महिनाअन्तर्गत साउन महिनाका विजेता लिम्बुलाई सुन हस्तान्तरण गरिएको हो । हरेक साता एक किलो चाँदी पनि वितरण गर्ने गरिएको छ । देशभरका ग्राहहरूमध्ये ‘लक्की ड्र’ मार्फत विजेता चयन गर्ने गरिएको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २१, २०७५ ०८:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ऋणमा लापरबाही गर्नेलाई जरिवाना

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — अस्ट्रेलियाली बैंक वेस्टप्याकलाई नियमन निकायले २ करोड ८० लाख रुपैयाँ जरिवाना तिराएको छ ।

ग्राहकलाई भवन निर्माणका लागि ऋण प्रवाह गर्ने विषयमा पर्याप्त सावधानी नअपनाएको भन्दै अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्स कमिसन (एसिक) ले बैंकलाई जरिवाना तिराएको हो ।

अस्ट्रेलियाका प्राय: सबै ठूला बैंकिङ तथा आर्थिक कारोबार गर्ने संस्थाहरू विभिन्न विषयमा अनुसन्धानको दायरामा राखिएका छन् । यसअघि एसिकले अस्ट्रेलियाको सबैभन्दा ठूलो बैंक कमनवेल्थलाई करिब ५६ अर्ब रुपैयाँ जरिवाना तिराइसकेको छ ।

जुन अस्ट्रेलियाको व्यावसायिक क्षेत्रकै सबैभन्दा ठूलो आर्थिक सजाय भएको बताइएको छ । वेस्टप्याक बैंकले आर्थिक हैसियत राम्रो नभएको जान्दाजान्दै केही ग्राहकलाई ऋण प्रवाह गरेको, सरकारको ऋणसम्बन्धी मापदण्डको पालना नगरेको आरोपमा अनुसन्धान गरेको थियो ।

एक वर्षअघिदेखि गरिएको अनुसन्धानपछि एसिकले उक्त बैंकलाई मंगलबार जरिवाना तिराएको हो ।

अस्ट्रेलियाली सरकारले स्थानीय ग्राहकहरूले बैंकबाट लिने विभिन्न किसिमका सेवाबारे जनगुनासो बढेपछि ‘रोयल कमिसन’ को स्थापना गरेको थियो । यहाँको सबैभन्दा उच्च अनुसन्धान निकायका रूपमा स्थापना गरिएको यो निकायले बैंकिङ क्षेत्रहरूका विभिन्न सेवाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानपछि सरकारलाई सुधारका लागि विभिन्न सुझावहरू दिने गर्दछ ।

अस्ट्रेलियाले ग्राहकहरूलाई उच्च प्राथमिकता र सेवाका लागि उच्च सुरक्षा दिने गरेको छ । बैंकिङ क्षेत्रलाई सुधारोन्मुख बनाउनकै लागि भनेर स्थापना भएको कमिसनले हालसम्म यहाँ चारवटै ठूला बैंक कमनवेल्थ, एएनजेड, न्याब, वेस्टप्याकलगायतलाई अनुसन्धानको दायरमा ल्याइसकेको छ । त्यस्तै एएमपीलगायतका ठूला आर्थिक कारोबार गर्ने निकायहरूले समेत अनुसन्धानको सामना गर्नुपरेको छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT