१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

यतीले थप्यो एटीआर

काठमाडौँ — यती एयरलाइन्सले मंगलबार तेस्रो एटीआर ७२-५०० विमान थपेको छ । योसहित अब यतीसँग सुगम रुटका लागि ९ वटा विमान भएका छन् । यससँग अहिले ६ वटा ब्रिटिस विमान जेट स्ट्रीम छन् । 

यतीले थप्यो एटीआर

कम्पनीका एक उच्च अधिकारीका अनुसार यसअघि सुगम रुटमा ब्रिटिस वायुयान जेटस्ट्रीम विमान उडाउँदै आएको यतीले यो विमान बेलायतको इन्भेष्टेड बैंक र केएफ एयरक्राफ्ट लिजिङ कम्पनी मार्फत ९० करोड रुपैयाँ हाराहारीमा यो विमान खरिद गरेको हो ।


१० वर्षअघि यो विमान भारतको किंगफिसर एयरलाइन्सले ब्रान्ड न्यू खरिद गरेर उडाएको थियो । किंगफिसर बन्द भएपछि गत वर्ष लिजिङ कम्पनीले यो विमान फिर्ता लिएको थियो ।


‘नयाँ इन्जिन, ल्याण्डिङ गियर राखेर हामीले खरिद गरेका हौँ,’ यतीका ती अधिकारीले भने, ‘अर्को वर्ष २०१९ मा हामी यी नै लिजिङ कम्पनीबाट थप दुईटा एटीआर खरिद गर्दैछौँ ।’


यो विमानलाई फ्रान्सको टुलुस-इटली-इजिप्ट-मस्कट हुँदै काठमाडौं अवतरण गराइएको हो । विमानलाई नेपाली चालक दलका सदस्यहरु प्रमोद पौडेल, रमोद श्रेष्ठ, सुरेन्द्र कुँवर, वरिष्ठ इन्जिनियर सुरेश कुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति र नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुलीको टोलीले भदौ ३० गते टुलुसबाट उडाएका थिए ।


यतीले ७० सिट क्षमताको यो विमान थपिएसँगै असोज १५ गतेदेखि पोखरा र भद्रपुरमा एटीआरबाट उडान थाल्ने भनेको छ । अहिले जेटस्ट्रीम विमानबाट उडान भइरहेको छ ।

प्रकाशित : आश्विन २, २०७५ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?