कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ विमानकाे लुक्ला परीक्षण सफल

सुरज कुँवर

काठमाडौँ — नेपाल वायु सेवा निगमले दुर्गम भेगका लागि ल्याएकाे चिनियाँ विमान वाई–टुएल्भ–ईले लुक्लामा परीक्षण उडान सफल गरेको छ । मंगलबार बिहान निगमका प्रशिक्षक पाइलट आङनुरी शेर्पा र क्याप्टेन उद्धव घिमिरेले उडान गरेका हुन । 

नयाँ विमानकाे लुक्ला परीक्षण सफल

चीनबाट ल्याएको सानो विमान वाई–टुएल्भ–ईले पहिलो पटक सोमबार रामेछापमा परीक्षण उडान गरेकाे थियाे ।

बिहान ६ बजेर ३० मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडेकाे उक्त विमान ३७ मिनेटमा लुक्ला पुगेकाे थियाे ।


नागरिक उड्डयन प्राधिकरणबाट दुई दर्जन हाराहारी आन्तरिक रुटमा उडान अनुमति लिएको निगमले चाडपर्वलाई लक्षित गर्दै ७ वटा विमानले आन्तरिक उडान गर्ने भएको छ ।

यो विमानबाट जोमसोम र कर्णालीमा पनि परीक्षण उडान गर्ने निगमले तयारी गरेको छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?