कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

बैंकहरूले बचतको ब्याजदर घटाउने

ब्याजदरमा ‘सिन्डिकेट’ गरेको आरोप लागिरहे पनि बैंकर्ष संघले पटकपटक यस्ता सहमति गर्दै आएको छ
हाम्रो उद्देश्य ब्याजदर धेरै माथि नजाओस्, वाञ्छित सीमामै रहोस् भन्ने हो : बैंकर्ष
यज्ञ बञ्जाडे

काठमाडौँ — बैंकर्स संघले अघिल्लो सहमति तोड्दै निक्षेपको व्याजदर घटाउने भएका छन् । संघको बिहीबारको बैठकले मुद्दती निक्षेपमा संस्थाहरूलाई ९ प्रतिशत र सर्वसाधारणलाई १० प्रतिशतभन्दा धेरै ब्याज नदिने सहमति गरेको हो ।

बैंकहरूले बचतको ब्याजदर घटाउने

असार पहिलो साताबाट संस्थाहरूलाई साढे १० र सर्वसाधारणलाई ११ प्रतिशत ब्याज दिँदै आएका थिए । यसअघि ब्याज नबढाउन ‘भद्रसहमति’ गरेका वाणिज्य बैंकहरूले अहिले निक्षेपको ब्याजदर घटाउने सहमतिमा पुगेका हुन् ।


नयाँ निर्णय शुक्रबारदेखि नै लागू हुनेछ । बैंकहरूले संस्थालाई ९ र सर्वसाधारणलाई १० प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । राष्ट्र बैंकको निर्देशनअनुसार संस्थागत निक्षेपकर्तालाई प्रकाशित ब्याजदरमा बढीमा एक र सर्वसाधारणलाई ०।५ प्रतिशत विन्दुसम्म ब्याजदर बढाउन पाउँछन् । यो व्यवस्थाअनुसार शुक्रबारदेखि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा संस्थालाई १० प्रतिशतसम्म र सर्वसाधारणलाई साढे १० प्रतिशतसम्म ब्याज दिनेछन् । तर, बैंकहरूले यो सुविधा सबै ग्राहकलाई दिँदैनन् । यो सुविधा केही ठूला र पहुँचवाला ग्राहकका लागि मात्र हो ।


दुई सातायता बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव हुन थालेको छ । अधिकांश बैंकहरूको कर्जा र निक्षेप तथा पुँजी ९सीसीडी० अनुपात ८० प्रतिशत नजिक पुग्न थालेको छ । यही अवस्थामा बैंकर्स संघको बैठक बसेकाले बैंकरहरूले ब्याजदर बढाउने वा यसअघिको

‘भद्र सहमति’ तोडिने अनुमान गरिएको थियो । तर, बैठकमा बैंकहरूले निक्षेपको ब्याजदर घटाउने सहमति गरे ।


राष्ट्र बैंक र अर्थ मन्त्रालयको अनौपचारिक संरक्षणमा संघले उक्त सहमति गरेको हो । ‘योपटक पनि केही बैंकहरूले सहमति तोडे । तर, ती बैंकहरूलाई पनि सहमति नतोड्न आग्रह गरिएको छ,’ एक बैंकरले भने, ‘अहिले नियामक निकायको संरक्षण पाएर संघ बलियो बनेको छ ।’ गत साता मात्र एक बैंकले संघको सहमतिभन्दा बढी साढे ११ प्रतिशतमा एउटा संस्थाको निक्षेप उठाएको छ । यो विषयमा पनि संघको बैठकमा छलफल भएको थियो ।


यसपालिको सहमतिमा पनि बैंकले व्यक्तिगत निक्षेपकर्तालाई केही प्राथमिकता दिएको देखिन्छ । बैंकलाई ब्याजदरमा ‘सिन्डिकेट’ गरिरहेको आरोप लागिरहेको समयमा संघले पटकपटक यस्तो सहमति गर्दै आएको छ । विगतमा हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा पनि उनकै निर्देशनमा बैंकहरूले ब्याजदर नबढाउने ‘भद्र सहमति’ गरेका थिए ।


यसैगरी नयाँ सहमतिअनुसार बैंकहरूले साधारण निक्षेपकर्तालाई ५ देखि ७ प्रतिशत ब्याज दिने विषयमा पनि बैंकहरूबीच सहमति भएको छ । यसअघि साधारण बचतमा ७ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति थियो । नयाँ व्यवस्थाले ५ प्रतिशतको तल्लो सीमा पनि तोकेको हो । यो निर्णयले यसअघि ७ प्रतिशत ब्याज दिइरहेको बैंकहरूले पनि ब्याजदर घटाएर ५ प्रतिशतसम्म झार्न बाटो खुलेको छ । बैंकहरूले त्यसो गरेको खण्डमा त्यसको मार निक्षेपकर्तालाई पर्नेछ ।


बैंकहरूमा लगानीयोग्य रकमको अभाव हुन थालेकाले ब्याजदर बढ्न थालेपछि नियन्त्रणका लागि पुनस् भद्र सहमति गरिएको बैंकर्स संघका पूर्वअध्यक्ष अनीलकेशरी शाहले बताए । ‘हाम्रो उद्देश्य ब्याजदर धेरै माथि नजाओस्, वाञ्छित सीमामै रहोस् भन्ने हो,’ उनले भने, ‘यसकारण मुद्दती निक्षेपमा संस्थालाई ९ र सर्वसाधारणलाई १० प्रतिशत ब्याजदर तोक्ने निर्णय भएको छ ।’ बजारमा बैंकहरूबीच ब्याजदर वृद्धिको प्रतिस्पर्धा हुने सम्भावना देखिएकाले उक्त निर्णय भएको उनको भनाइ छ । ‘यो निर्णयले समग्र अर्थतन्त्रलाई नै फाइदा हुन्छ,’ उनले भने ।


चालु आर्थिक वर्षको सुरुमा तरलता धेरै रहेकाले तीन पहिलो त्रैमास ९०७५ असोज० पछि ब्याजदर घट्ने अनुमान गरिएको थियो । बैंकहरूहरूले पनि सार्वजनिक रूपमै पहिलो त्रैमास पनि थोरै धेरै भए पनि ब्याजदर घट्ने बताउँदै आएका थिए । तर, पछिल्ला दुई सातायता वित्तीय प्रणालीमा अनपेक्षित प्रवृत्ति देखिएको छ । बैंकहरूले तरलता ९लगानीयोग्य रकम० अभाव रहेको बताउँदै आएका छन् । बैंकहरूको सीसीडी अनुसार निर्देशित सीमा ९८० प्रतिशत० नजिक पुग्न थालेको छ ।


स्रोतका अनुसार बिहीबारसम्म वाणिज्य बैंकहरूको औसत सीसीडी अनुपात ७८ देखि ७९ प्रतिशतबीचमा छ । तीमध्ये आधादर्जन बैंकहरूको सीसीडी अनुपात ८० प्रतिशतको सीमा नाघेको छ । तर, उद्योगी व्यवसायीहरूले भने बैंकको प्रवृत्तिमा आशंका गरेका छन् । उनीहरूसँग सामान्य बिजनेस प्लान पनि नभएको उनीहरूको आरोप छ । ‘दुई साताअघिसम्म ऋण गएन भन्दै ऋणी खोज्ने, आज आएर लौ तरलता अभाव भयो भन्ने रु’ उनले भने, ‘एक–दुई साताको बिजनेस प्लान गर्न नसक्नेले किन बैंक चलाएर बसेका होलान् ।’


‘बिहीबारको बैठकमा ६ वटा बैंकहरूले हामीलाई अप्ठयारो भयो । सीसीडी अनुपातले सीमा नाध्यो भनेर समस्या राखेका थिए,’ बैठकमा सहभागी एक बैंकरले भने, ‘करिब ८ देखि १० वटा बैंकहरूले ऋण प्रवाह रोकेको बताएका छन् ।’


सीडीडीमा दबाब परेपछि निक्षेपको ब्याजदर बढाउनुको साटो कर्जा प्रवाह रोक्न बैंकहरूलाई सुझाव दिएको संघका पूर्वअध्यक्ष शाहले बताए । ‘निक्षेपको ब्याजदर बढाउँदैमा एक्कासि ठूलो निक्षेप आउँदैन,’ उनले भने, ‘यसकारण ब्याजदर वृद्धि समस्याको समाधान होइन । यस्तो अवस्थामा ऋण प्रवाहमा कमी ल्याउने विवेकशील निर्णय हो ।’


बैठकमा केही बैंकहरूले सीसीडीले निर्देशित सीमा नाघेको बताएपछि तीनको समस्या समाधान गर्न ठूला बैंकहरूले ऋण खरिद गरिदिने ९स्वाप० गर्ने विषयमा पनि छलफल भएको शाहले बताए । ‘कुनै बैंकहरूलाई समस्या छ भने म आबद्ध नबिल बैंक ऋण खरिद गर्न तयार छ,’ उनले भने । मनपरी रूपमा ब्याज बढाउने त्यसको असर सबैतिर पर्ने भएकाले संयमित भएर व्यवसाय गर्न बैंकहरूलाई आग्रह गरिएको उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?