कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तल्लो सेतीलाई प्रस्ताव माग

कान्तिपुर संवाददाता

दमौली — प्रस्तावित १ सय ४ मेगावट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गर्न छनोट भएका कम्पनीसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको छ  । छनोट भएका आधा दर्जन कम्पनीसँग विस्तृत अध्ययनका लागि आयोजनाले प्रस्ताव मागेको हो  ।

तल्लो सेतीलाई प्रस्ताव माग

विभिन्न १९ कम्पनीले आशयपत्र दर्ता गरेकामा ६ कम्पनी छनोटमा परेका थिए । एउटा अमेरिका, तीन युरोप, दुईवटा एसियाको कम्पन्नी विस्तृत अध्ययनका लागि छनोट भएका छन । प्राविधिक र आर्थिक प्रस्तावका आधारमा एउटा कम्पनी मात्र छनोट हुने तनहुँ हाइड्रोपावर कम्पनीका उपप्रबन्धक श्यामजी भण्डारीले बताए । ‘पेस गरेको ४५ दिनभित्र एउटा कम्पनी छनोट हुन्छ, उनले भने, ‘छनोट भएको कम्पनीले नै तल्लो सेती जलविद्युत् आयोजनाको विस्तृत अध्ययनको जिम्मा पाउनेछ ।’


छनोट भएपछि २० महिनाभित्र आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेस गरिसक्नुपर्छ । नक्सांकन, डिजाइन, वातावरणीय तथा सामाजिक अध्ययन, बाँध, पावरहाउसको प्रकृति, साइज लगायतका बारेमा विस्तृत अध्ययन हुनेछ । अध्ययनका लागि ३६ करोड रुपैयाँ अनुदान रकम आइसकेको उनले बताए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?