कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व बैंकसँग १८ अर्ब सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — पुल मर्मत सुधार र खाद्य पोषण कार्यक्रमका लागि विश्व बैंकले १८ अर्ब रुपैयाँ दिने भएको छ । 
पुल मर्मत तथा सुधारका लागि ऋण र पोषण कार्यक्रमका लागि अनुदानका रूपमा उक्त रकम नेपाललाई प्राप्त हुनेछ ।

उक्त कार्यक्रम कार्यन्वयन गर्न नेपाल सरकार र विश्व बैंकबीच बुधबार सम्झौता भएको छ । अर्थ सचिब राजन खनाल र विश्व बैंकका देशीय निर्देशक चिम्याओ फयानले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता समारोहमा अर्थमन्त्री युवराज खतिवडा र विश्व बैंकका उपाध्यक्ष हार्टविग साफेरको उपस्थिति रहेको थियो ।


यो रकम पुल सुधार तथा मर्मत सम्भारका लागि १३ अर्ब ३० करोड रुपैयाँ खर्च गरिनेछ । ऋणस्वरूप प्राप्त हुने उक्त रकमबाट ४ सय ७७ भन्दा बढी पुलहरू निर्माण गरिनेछ ।


यसमध्ये रणनीतिक सडक ९० वटा पुलको मर्मत, १ सय ८० वटाको स्तरोन्नति, ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतमा खर्च गरिने विश्व बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ४ अर्ब ७० करोड रुपैयाँ समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण कार्यक्रममा खर्च गरिने जनाइएको छ ।

अनुदानका रूपमा प्राप्त हुने यो रकमबाट ६५ हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २९, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?