कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेलको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर १ सय १०

काठमाडौँ — नेपाल आयल निगमले मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आयल निगमको संचालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाउने निर्णय गरेको हो ।

तेलको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर १ सय १०

अब प्रतिलिटर पेट्रोल एक सय १० र प्रतिलिटर डिजेल तथा मट्टितेल ९७ रुपैयाँमा खरिद गर्न सकिनेछ । निगमको यो निर्णय मध्यरातिबाट लागू हुने छ ।


भारतीय आयल निगमले पठाएको पछिल्लो खरिद मूल्यका आधारमा मूल्य समायोजना गरिएको निगमले जनाएको छ । हवाई इन्धन र एलपीजी ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।

प्रकाशित : पुस ३, २०७५ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?