३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमी

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले (१०.८३ अंक) घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ०.५३ प्रतिशतले घटेर २ हजार ३०.८६ अंकमा ओर्लेको हो । मंगलबार नेप्से करिब १० अंकले बढे पनि त्यो वृद्धि बुधबारसम्म पनि टिकेन ।

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमी

बुधबार कारोबारमा आएकामध्ये ५१ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८८ कम्पनीको घट्यो, बाँकी ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

करिब ४४ हजार २ सय ४९ वटा कारोबारबाट ६९ लाख ४७ हजार २१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । मंगलबार सेयर बजारमा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : चैत्र १४, २०८० १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?