कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा सोमबारदेखि ग्राण्डस्लाम टेनिस प्रतियोगिता

नारायण खड्का

अस्ट्रेलिया — यस वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता सोमबारदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । मेलबर्न पार्कमा हुने प्रतियोगिता २८ तारिखसम्म चल्नेछ । 

अस्ट्रेलियामा सोमबारदेखि ग्राण्डस्लाम टेनिस प्रतियोगिता

प्रतियोगितामा यसवर्ष राफेल नाडाल, रोजर फेडेरर, ग्रेगर डिमिट्रोभ, स्टान वावरिक्का, नोभाक जोकोभिचलगायत उत्कृष्ट पुरुष खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् भने सिमोना हेलेप, क्यारोलिन वाज्नियाकी, भेनस विलियम्सलगायत महिला खेलाडीहरु समेत प्रतिस्पर्धामा उत्रिएका छन् । भर्खरै आमा बनेकी गत वर्षकी च्याम्पियन सेरेना विलियम्स भने यसवर्ष प्रतियोगितामा सहभागी नहुने भएकी छिन् । त्यस्तै कम्मरको चोटका कारण एण्डी मुरे र नाडीको चोटका कारण केइ निसिकोरीलगायतका केही चर्चित खेलाडीहरु भने उक्त प्रतियोगितामा सहभागी हुने छैनन् ।


१०६औं अस्ट्रेलियन ओपन संस्करणको रुपमा हुन लागेको प्रतियोगिताको लागत ५५ मिलियन डलर तोकिएको छ । प्रतियोगिता लागत गतवर्ष भन्दा १० प्रतिशतले वृद्धि गरिएको हो ।


प्रतियोगितामा उत्कृट खेलाडीले पुरस्कारस्वरुप ४० लाख डलर र उपविजेताले २० लाख डलर पाउनेछन् । यसैगरी डबल प्रतियोगितातर्फका विजेताले ७ लाख ५० हजार डलर र उपविजेताले ३ लाख ७५ हजार पाउनेछन् भने मिक्सड डबलका विजेताले १ लाख ६० हजार र उपविजेताले ८० हजार डलर पुरस्कार स्वरुप पाउने आयोजकले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७४ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?