कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मस्कट महोत्सवमा नेपालको सहभागी

काठमाडौँ — ओमनमा आयोजित मस्कट महोत्सवमा नेपालले सहभागी जनाएको छ । यो एक महिनासम्म रहनेछ ।

मस्कट महोत्सवमा नेपालको सहभागी

ओमनस्थित नेपाली दूतावासले नेपालको सस्कृति, रितिरिवाज झल्कने सामग्रीहरु स्टलमा राखेको छ । स्टलमा नेपाली खुकुरी, ढाकाटोपी, नेपाली चिया, पस्मिना, नेपाली संगित समाग्रीहरु डम्फु, मादल र सामग्री लगायत छन् ।

दूतावासका अनुसार सगरमाथा, धौलागिरी सहित महत्वपुर्ण सम्पदा रहेको शहरहरुको तस्विरहरु समेत राखिएको छ । ‘ओमनी सहित विदेशी नागरीकहरु निकै आर्कषित भइरहेका छन्,’ राजदूत सर्मिला पराजुली ढकालले भनिन्,‘यो स्टल नेपाललाई हेर्ने झ्याल जस्तो वनिरहेको छ ।’

उनले महोत्सवमा सहभागीले नेपाल र ओमनी नागरीकवीच आपसी साँस्कृतिक, रितिरिवाज लगायत बिषय आदानप्रदान भइरहेको वताइन् । मस्कट नगरपालिकाले हरेक बर्ष मस्कट महोत्सव गर्दै आइरहेको छ ।


प्रकाशित : माघ ९, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?