कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

न्युयोर्क — अमेरिकास्थित जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट, नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले बिष्टलाई सो पदमा नियुक्त गरेका हुन् ।

बिष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

जन्मथलो डोटी भएका बिष्ट झण्डै दुई दशकदेखि नेपाली कांग्रेसका प्रवास गतिविधि एवम् प्रजातन्त्र एवम् मानवअधिकार बिषयमा क्रियाशील छन् । आमन्त्रित केन्द्रीय सदस्यको हैसियतमा बिष्टले कांग्रेसको केन्द्रीय बैठकमा सहभागिता जनाउने सक्ने छन् ।

कान्तिपुरसँगको कुराकानीमा बिष्टले आमन्त्रित केन्द्रीय सदस्यमा आफनो नियुक्तीलाई विदेशमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान सम्पुर्ण साथीहरुको सम्मानको रुपमा आफुले लिएको बताए । उनले भने, ‘पार्टी सभापतिबाट प्रवासलाई प्राप्त सम्मानले हामीलाई थप जिम्मेवार बनाएको छ ।’


सन १९७६ मा भारत निर्वासन ताका विपी कोइरालाले गठन गरेको कांग्रेसको प्रवास संगठनको रुपमा जनसम्पर्क समिति अहिले विभिन्न मुलुकहरुमा अस्तित्वमा छ । स्व. सुशील कोइरालाको सभापतित्व कालमा भारतस्थित जनसम्पर्क समितिबाट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा रुपमा पनि बिष्ट मनोनित गरिएका थिए ।


आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका बिष्टलाई जनसम्पर्क समिति, न्युयोर्क च्याप्टरले आईतबार एक कार्यक्रम गर्दै न्युयोर्कमा सम्मान गरेको थियो । अध्यक्ष रोशन ढुङगानाको अध्यक्षतामा आयोजित कार्यक्रममा दर्जनौं बक्ताहरुले आ–आफनो मन्तव्य राखेका थिए ।


प्रकाशित : माघ १७, २०७४ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?