कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा नेपालद्वारा सिङ्गापुर ७–१ पराजित 

एसियन आप्रबासी फूटबल प्रातियोगिता 
क्वाटर फाइनलमा प्रवेश  
कान्तिपुर संवाददाता

काठमाडौँ — कतारमा जारी छैठौं एसियन फुटवल प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ७–१ ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।  

कतारमा नेपालद्वारा सिङ्गापुर ७–१ पराजित 

कतार स्पोर्टस क्लवमा आयोजित खेलमा अर्जुन सुब्बाले ह्यट्रिक गरे । गणेश खड्काले दुई, राकेश सापकोटा र ईन्द्रजङ लिम्बुले एक/एक गोल गरे ।


खेलको १७ औ मिनेटमा पाएको पेनाल्टीमा अर्जुन गोल गर्न चुकेक थिए । त्यसको केही मिनेट पछि अर्जुनले गोल गर्दै नेपालको खाता खुलेको थियो ।


दोस्रो हाफमा नेपालले सिङ्गापुरमाथि लगातर दबाब दिदै ६ गोल गर्न सफल भयो । हाफ पछिको खेलको छैठौं मिनेटमा राकेश सापकोटाले गोल गर्दै नेपाल २–० आग्रता दिलाए । १० औ मिनेटमा अर्जुन सुब्बाले व्यक्तिगत दोस्रो र तेस्रो गोल गर्न सफल भए । १९ औ मिनेटमा गणेश खड्काले चौथो गोल गरे ।


२८ औ मिनेटमा ईन्द्रजङ लिम्बले ५ औ, ३० औ मिनेटमा गणेश खड्काको व्यक्तिगत दोस्रो र नेपालको लागि ६ औं गोल गर्न सफल भए । खेलेको अन्तिम समयमा अर्जुन सुब्बाले ह्यट्रिक गरे । सिङ्गापुरको एक मात्र गोल खेलेको २९ औ मिनेट गनै पुगेका थिए ।


जित संगै नेपाल समुह ’ख’ को पहिलो स्थानमा रहन सफल भएको छ । लेवनन दोस्रो स्थानमा रहेको छ । नेपालले समुह चरणको अन्तिम खेल मार्च १ तारिक इन्डोनेशिया सँग खेल्न गइरहेको छ ।


प्रकाशित : फाल्गुन ४, २०७४ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?