कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्रवासी नेपाली मञ्च ओमानको दोश्रो अधिबेशन  

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रवासी नेपाली मञ्च ओमानको दोश्रो राष्ट्रिय अधिबेशनले सोमकृष्णा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

प्रवासी नेपाली मञ्च ओमानको दोश्रो अधिबेशन  

मञ्चको उपाध्यक्षत्रय रामहरि गिरी, रञ्जित आचार्य, बिष्णु चौलागाई, महासचिव पशुपति जि. सि, सचिबत्रय महेश न्यौपाने, धनबहादुर गुरुङ, अनु पौडेल, रेशम शाही, कोषाध्यक्ष गणेश बहादुर शाही, र सहकोषाध्यक्ष सन्तोष कटुवाल रहेका छन् ।


सदस्यहरु क्रमश: शिबहरी पराजुली, गणेशप्रसाद पाण्डे, सूर्य प्रसाद ढुंगाना, कमल गौतम, यज्ञ पराजुली, पेमदीकी शेर्पा, बलराम गैरे, सर्बेश पाल, प्रधुन्न कार्की, होम श्रेष्ठ, गणेश परियार, रोशन गौतम, गणेश चोखाल प्रबिण लामा रहेका छन् ।


लेखा कमिटिको अध्यक्ष भुपाल चौहान, सचिब हेमा श्रेष्ठ र सदस्य खुमलाल भट्टराई रहेका छन् । अनुशासन कमिटिको अध्यक्ष लिलानाथ कोइराला, सचिब भुपेन्द्र बाब्ली र सदस्यहरु रामभक्त सडोला, राजु रायमाझी र सम्झाना के सी रहेका छन् । निर्वाचित कार्यसमितिलाई अधिबेशनका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य एबम् प्रवास मध्यपूर्ब ईन्चार्ज श्रीप्रसाद शाहले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।


यसअघि कार्यबाहक अध्यक्ष लिलानाथ कोइरालाको अध्यक्षतामा सम्पन्न अधिबेशनको उद्घाटन सत्रमा ओमनका लागि राजदूत शर्मिला पराजुली ढकाल, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेल, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कंडेल, एनआरएन आइसिसी सचिब डिबि. क्षेत्री र अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, सिस्नुपानी नेपालका टोलीहरु मनोज गजुरेल, अर्जुन पराजुली, टंक आचार्य, लक्ष्मण गाम्नागे र डा. रबिन्द्र समिर लगायतकाले शुभकामना मन्तब्य र प्रस्तुती दिएका थिए ।


प्रकाशित : फाल्गुन ६, २०७४ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?