कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियामा नेपाली युवालाई २२ वर्ष जेल सजाय

कान्तिपुर संवाददाता

क्वालालम्पुर — सहकर्मीको मृत्यु हुनुमा दोषी देखिएको अभियोगमा मलेसियाली उच्च अदालतले एक नेपाली युवालाई २२ वर्ष जेल सजाय सुनाएको छ ।

मलेसियाको मुआरस्थित एक फर्नीचर कम्पनीमा कार्यरत १९ वर्षीय सुजन श्रेष्ठलाई झैझगडापछि आफ्नै सहकर्मी होमबहादुर मगरको मृत्यु हुनुमा दोषी देखिएको अभियोग प्रमाणित गर्दै उच्च अदालतले उक्त सजाय सुनाइएको हो ।


मलेसियाली सञ्चारमाध्यमका अनुसार सुजनले घटनामा आफू दोषी नभएको भन्दै आफ्नो बचाउ (डिफेन्स फाइल) गरेपनि अदालतले चित्त बुझ्दो प्रमाण, जवाफ नदिएको भन्दै उक्त सजाय सुनाएको हो ।


हत्या गर्ने मनसायले नभई लापरवाहीका कारण सहकर्मीको मृत्यु भएकोले उक्त सजाय भएको बताइएको छ ।


दुई वर्षअघि (सन् २०१६ जुन ४) ‘पो कियोङ ईण्डस्ट्रीज’ नामक कम्पनीको होस्टलमै झगडा भएको थियो । उक्त घटनापछि ३० वर्षीय मगरको मृत्यु भएको थियो । त्यसलगत्तै मलेसियाली प्रहरीले सुजनलाई पक्राउ गरेको थियो भने जेल सजाय पक्राउ परेकै दिनदेखि नै लागू हुने बताइएको छ ।


प्रकाशित : फाल्गुन ८, २०७४ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?