कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

सोल दूतावासमा प्रजातन्त्र दिवस

कान्तिपुर संवाददाता

सोल — दक्षिण कोरियास्थित नेपाली दूतावासले प्रजातन्त्र दिवस मनाएको छ । 

सोल दूतावासमा प्रजातन्त्र दिवस

सोलस्थित दूतावासमा आयोजित कार्यक्रममा बोल्दै दक्षिण कोरियालागि नेपाली राजदूत अर्जुनजंगबहादुर सिंहले विदेशमा रहेर भए पनि प्रजातान्त्रिक हक अधिकार संरक्षणका लागि सबै नेपाली एकजुट हुन आवश्यक रहेको बताए ।


राजदूत सिंहले कोरियामा रहेका नेपाली संघसंस्थाहरुले दूतावाससँग सहकार्य गरेर अघि बढ्न आग्रह गरे । उनले प्रजातन्त्र दिवसको दूतावसको मात्र नभएर देशविदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुका लागि विशेष दिन रहेको कुरा उल्लेख गरे ।


फागुन ७ गते सार्वजनिक बिदाको दिन परेकाले भोलिपल्ट प्रजातन्त्र दिवस मनाएको थियो ।


प्रकाशित : फाल्गुन ९, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?