कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कतार नेपालको बिकास निर्माणमा सहभागी हुन इच्छुक’

कान्तिपुर संवाददाता

काठमाडौँ — पुर्व गृह राज्यमन्त्री समेत रहेका संघीय समाज पार्टीका नेता रिजवान अन्सारीले कतार नेपालको बिकास निर्माणमा सहभागी हुन इच्छुक भएको वताएका छन् ।

‘कतार नेपालको बिकास निर्माणमा सहभागी हुन इच्छुक’

कतार सरकारद्वारा आयोजित १३ औं दोहा अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन पुगेका अन्सारीले नेपाली मुस्लिम समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानी गर्ने वाताबरण वन्न साथ कतारले लगानी गर्न तयार देखिएको वताए ।


‘नेपालीले कतार निर्माण गरे । यो कतारलो आत्मबोध गरेको छ,’ उनले भने,‘कुनै कुटनैतिक सम्बन्ध नभएको देशमा कतारको ठूलो लगानी छ । हामीसँग चार दशकदेखिको सम्बन्ध छ । र, लाखौ नेपाली श्रमरत छन् ।’

सर्लाही मुस्लिम समाज र कपिलवस्तु मुस्लिम समाजद्वारा आयोजित अन्तक्रिया कार्यक्रममा उनले स्थिर वातावरण हुनसाथ कतारी पक्ष लगानीको लागि तयार रहेको वताए ।


उनले कतारका धेरै राम्रा पक्षलाई नेपाली मिडियाले खुलेर वकालत गर्न चुकेको वताए ।


अन्तरक्रियामा सहभागी रमजान मियाँ, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, प्रबासी नेपाली मन्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समितिका महामन्त्री मोहम्मद अजीज अली, नेपाली जनप्रगतिशिल मन्चका संयोजक रकमध्वज राई, राजपा कतारका अध्यक्ष हुसैन खान, नयाँ शक्तिका संयोजक देव परियार, आदिवासी जनजाती महासंघका अध्यक्ष देवराज राई लगायतकाले नेपालको पछिल्लो राजनैतिक अवस्था र मुस्लिम समुदायको बिषयमा आआफ्ना धारणा राखेका थिए ।


कपिलवस्तु मुस्लिम समाजका अध्यक्ष अख्तर हुसेन गद्दीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सर्लाही समजका मोहम्मद तनवीरले स्वागत मन्तब्य राखेका थिए ।


प्रकाशित : फाल्गुन १३, २०७४ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?