कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

नेदरल्याण्ड्समा नेपाल दिवस मनाइँदै 

काठमाडौं — नेदरल्याण्ड्सको राजधानी आमस्टारडाममा नेपाल प्रवर्द्धन गर्ने उद्देश्यले १८ मार्चमा एक दिने नेपाल दिवस मनाउन लागिएको छ । नेपाल विकास प्रतिष्ठानले 'नेपाल डे' को आयोजना गरिएको हो । 

नेदरल्याण्ड्समा नेपाल दिवस मनाइँदै 

वेनेलक्सका लागि नेपाल सरकारका राजदुत लोकबहादुर थापाले उद्घाटन गर्ने नेपाल डे को लक्ष्य नेपाल तथा पर्यटन प्रवर्द्धन, नेपाली उत्पादनहरुलाई युरोपेली बजारमा परिचित गराउने, नेपालका प्राकृतिक सम्पदाहरुको प्रचार प्रसार गर्ने, दुई देशीय व्यापारलाई प्रवर्द्धन गर्ने र यहाँका विभिन्न क्षेत्रका प्रविधिहरु र लगानी भित्राउने विशुद्ध लक्ष्यका साथ नेपाल डे आयोजना गरिएको नेपाल विकासका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको नेपाल विकास प्रतिष्ठानका शशि पौडेलले बताए ।


कार्यक्रममा नेपाली विभिन्न समुदायका भेषभुषा प्रदर्शन, नाचगान र झाँकीहरु समेत प्रदर्शन गरिने छ ।


कार्यशाला गोष्ठीमा विना अक्सिन सफल सरगमाथा आरोही विल्को भान रिइनले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् । नेपालको प्राकृतिक सम्पदा विषेश गरेर हिमाल आरोह सम्बन्धमा प्रस्तुतिकरण हुनेछ ।


वाइल्ड गिज नामक संस्था मार्फत नेपालमा भएका कामहरु र आगामी दिनमा गर्न सक्ने संभावित कामहरुका बारेमा अन्तरकृया हुने बताइएको छ ।


नेपालमा सञ्चालित आमा घर पाठशाला सम्बन्धमा वाल सेवा फाउन्डेसन अध्यक्ष रोवर्ट भान माउरिकले भएका उपलब्धीहरुका बारेमा बताउने छन् ।


नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धमा ट्राभल्स नेपाल कम्पनीका डच नागरिक हेल्मिख रिज वोस आफ्नो कार्यपत्र र चेन्ज गेम एकाडेमी लगायत एक दर्जन नेदरल्याण्ड्सका परोपकारी डच संस्थाहरुले आफ्नो प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।


नेपालको पछिल्लो विकसित राजनैतिक, आर्थिक विषयहरुमा नेपाल विकास प्रतिस्ठानका अध्यक्ष शशि पौडेलले सहभागीहरुलाई जानकारी गराउने कार्यक्रम रहेको छ ।


सोहि दिन एनआरएन नेदरल्याण्ड्सले नेपाल प्रवर्द्धन सामाग्रीहरु सहित नेदरल्याण्ड्सको राजधानी आमस्टारडाममा र्‍याली को समेत आयोजना गरेको छ । सवै नेपाली संघसंस्थाको उद्देश्य नेपालको हितका लागि नै हुने हुनाले सबैलाई कार्यक्रममा सहभागिता जनाउन एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष ठाकुरप्रसाद शर्मा (मनोहरि) ले अनुरोध गरेका छन् ।

प्रकाशित : चैत्र २, २०७४ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?