कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल आइडलका गायकहरुले बेल्जियममा सांगीतिक प्रस्तुति दिने

बेल्जियम — नेपाल आइडलका गायकहरु सांगीतिक प्रस्तुतिका लागि यूरोप आउने भएका छन् ।

नेपाल आइडलका गायकहरुले बेल्जियममा सांगीतिक प्रस्तुति दिने

गायकहरु बुद्ध लामा, निशान भट्टराई र प्रताप दाससहित उदघोषक सुशील नेपाल सांगीतिक प्रस्तुतिका लागि २९ मार्चदेखि यूरोप टुरमा निस्कने कार्यक्रम छ ।


नेपाल आइडलका गायकहरुको टोलीले बेल्जियममा अप्रिल ७ मा आफ्नो प्रस्तुति देखाउनेछ । अन्तोर्पेनमा दिउँसो साढे २ बजेदेखि हुने कार्यक्रमबाट प्राप्त रकम मानवीय परोपकारी कार्यक्रममा खर्च गरिने एनआरएन बेल्जियमकी उपाध्यक्ष योगिता थापाले जानकारी दिइन् ।


प्रकाशित : चैत्र १०, २०७४ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?