डोल्माले पाइन् डेढ लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — एक दशकअघि कुवेतमा जीवन रक्षाका लागि हारगुहार गरिरहेकी गोरखाकी डोल्मा शेर्पाका नाममा उठाइएको रकममध्ये काठमाडौंमा जनस्तरबाट संकलन भएको झण्डै डेढ लाख रुपैंया शेर्पालाई प्रदान गरिएको छ ।

‘डोल्मा बचाउ अभियान’का नाममा महिला हकहितमा जुटेका विभिन्न संघसंस्था तथा व्यक्तिबाट संकलित उक्तम रकम माइती नेपालको संयोजनमा कोषमा राखिएको थियो । हालै आयोजित एक समारोहमा माइती नेपालकी अध्यक्ष एवं प्रदेश ३ प्रमुख अनुराधा कोइरालाले डोल्मालाई सहयोग रकम हस्तान्तरण गरेकी थिइन् ।

कुवेतमा एक दशकभन्दा बढी जेल जीवन बेहोरेर ८ महिनाअघि देश फिरेकी डोल्माका नाममा गैर आवासीय नेपाली संघले विश्वभरका सहहृदयी नेपालीबाट रकम संकलन गरेर झण्डै ३२ लाख रुपैयाँ मौज्दात रहेकोमा यो भने उनले पाउन सकेकी छैनन् । उक्त रकमको ब्याज मात्रै ११ लाख रुपैयाँभन्दा बढी भैसकेको छ ।

गैर आवासीय संस्थाले उक्त रकम आफ्नै कल्याणकारी खातामा राखेर विदेशमा रहेका अरु कामदारको हकहितमा प्रयोग गर्ने घोषणा गरिसकेको छ ।

भर्खरै गोर्खाको चुम उपत्यकाबाट आफ्नी ७५ वर्षिया आमालाई डोल्माले काठमाडौं ल्याएर तिलगंगा अस्पतालको सौजन्यमा आमाको मोतिबिन्दू उपचार गराएकी थिइन् । खर्चको अभाव भैरहेका बेला माइती नेपालबाट पैसा पाएर ठूलो सहयोग मिलेको बताइन् । ‘मलाई ठूलो राहत मिलेजस्तो भएको छ,’ डोल्माले भनिन् ।

प्रकाशित : चैत्र ११, २०७४ १०:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फ्रग रेस

खेल खेलौं
कान्तिपुर संवाददाता

काठमाडौँ — यो खेलमा एकपटकमा ४ देखि ६ खेलाडी सहभागी हुन सक्छन् । यो खेलका लागि ५० मिटर लामो मैदान र एउटा ड्रमसेट (बाजा) आवश्यक हुन्छ ।

यो खेलमा ५ देखि ८ वर्षका बालबालिकाहरू सहभागी हुन सक्छन् ।

खेल्ने तरिका
यो खेलका लागि सबैभन्दा पहिले सहभागी सबै खेलाडीलाई घुँडा र हात टेकेको (चित्रमा देखाएजस्तै) बसाउनुपर्छ । यसरी बसेका खेलाडीले बाजाको तालसँग ताल मिलाउँदै अगाडितर्फ भ्यागुताजस्तै उफ्रिँदै निर्धारित दूरी पूरा गर्नुपर्छ । यसरी उफ्रेर अगाडि बढ्ने क्रममा खेलाडीले आफ्नो शरीरको सन्तुलनलाई बिगार्नु हुँदैन । त्यसो गरिएमा त्यस्तो खेलाडी अयोग्य मानिन्छ । यो कुरालाई खेल शिक्षकले विशेष दक्षताका साथ निगरानी गर्नुपर्छ । यसरी उफ्रेर जुन खेलाडीले सबैभन्दा कम समयमा सबैभन्दा पहिले निर्धारित दूरी पूरा गर्न सक्छ, त्यही खेलाडी विजेता घोषित हुन्छ ।

प्रकाशित : चैत्र ११, २०७४ १०:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT