कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युएईमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता 

काठमाडौँ — गैरआवासीय नेपाली संघ, युएईद्वारा आयोजित अन्तरसमाज मैत्रीपुर्ण फुटवल प्रतियोगिताको उपाधी तमु समाजले जितेको छ । 

युएईमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता 

दुवईस्थित सफा पार्कमा सम्पन्न खेलको फाइनल खेलमा तमु समाजले नवलपरासी समाजलाई शुन्यको विरुद्व एक गोल गर्दै मैत्रीपुर्ण उपाधी जितेको हो । तमुले एक हजार र नवलपरासीले ५ सय दिराम पुरस्कार पाएको थियो ।


एनआरएन, युएईका अध्यक्ष रमेश श्रेष्ठले युएईमा क्रियाशील नेपाली समाजवीच आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध प्रगाढ वनाउने उद्देश्यले फुटवल प्रतियोगिता गरेको वताए । खेलमा १८ वटा समाजले सहभागी जनाएका थिए ।


खेलकुद संयोजक नविन पौडेलको संयोजकत्वमा सम्पन्न खेलको वेस्ट प्रेसिडेन्ट प्लेयर अवार्ड फर्सी समुहका अध्यक्ष सूर्य गिरीले पाए । म्यान अफ द म्याच फर्सीकै सुरज प्रधान घोषित भए । खेलमा सवैभन्दा बढी ६ गोल गरेका तमुका अरुण गुरुङले उच्च स्कोररको उपाधि पाए ।


खेलको हेर्न आबुधावीबाट दुवई पुगेका नेपाली दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले प्रवासमा हुने यस्ता प्रतियोगिताले समाजलाई चलयमान वनाइराख्न महत्वपुर्ण भुमिका हुने वताए ।


प्रकाशित : चैत्र ११, २०७४ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?