कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

रासस, सिन्ह्वा

क्वालालम्पुर — मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । मलेसियाको आप्रवासन विभागले भर्खरै सत्ताबाट बाहिरिका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो । 

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

हालै सम्पन्न निर्वाचनमा रजाकको पार्टी पराजित भएको थियो भने उनले सत्तामा रहदा शक्तिको दुरुपयोग गरेको अरोप लगाइएको छ । विभागले रजाकसँगै उनकी श्रीमती रोश्मा मनसुरलाई पनि देशबाट बाहिरिन प्रतिबन्ध लगाएको जनाएको छ ।


विभागले आफूहरुलाई देशबाट बाहिरिन प्रतिबन्ध लगाएको सार्वजनिक भएपछि ट्वीट गर्दै नाजिबले लेखेका छन्, 'म र मेरो परिवारलाई मलेसियाका आप्रवासन विभागले देश छाड्न प्रतिबन्ध लगाएको बारेमा मलाई पहिले नै थाहा थियो ।' उनले थप लेखेका छन्, 'मैले त्यो निर्देशनलाई सम्मान गर्नेछु र म मेरो परिवारसँगै स्वदेशमै बस्ने छु ।'


यसै साता भएको ऐतिहासिक निर्वाचनमा नजाबले नेतृत्व गरेको बरिसान राष्ट्रिय गठबन्धन पराजित भएको थियो । सो गठबन्धन सन् १९५७ मा मलेसिया स्वतन्त्र भएदेखि सत्तामा रहेकोमा अब सत्ता बाहिर रहने भएको छ ।


यस निर्वाचनमा पाकाटन हारापन गठबन्धनले बहुमत ल्याएर गठबन्धनका नेता तथा पूर्व प्रधानमन्त्री माहाथिर मोहमदको नेतृत्वमा नयाँ सरकार पनि गठन गरिसकेको छ ।

बिहीबार प्रधानमन्त्रीमा नियुक्ति भएका मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन् । आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताएका छन् ।

प्रकाशित : वैशाख २९, २०७५ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?