कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शेष घले अष्ट्रेलियाका ८१ औं धनी व्यक्ति

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष अष्ट्रेलियाको ८१ औं धनीको सूचीमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले दम्पति यो वर्ष २० स्थान माथि उक्लिएका हुन् ।

शेष घले अष्ट्रेलियाका ८१ औं धनी व्यक्ति

अष्ट्रेलियाको फाइनान्सीयल रिभियूले हरेक वर्ष सार्वजनिक गर्ने धनीको सूची अनुसार उनीहरुको कुल सम्पति ८ सय ७६ मिलियन डलर पुगेको छ । रिभियूका अनुसार उनीहरुको सम्पति गतवर्षको भन्दा ३५ दशमलव ४ प्रतिशतले बढेको हो ।


प्रवासी नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष रहिसकेका उनको मेल्बर्नमा मेल्बर्न इन्स्टिचुट अफ टेक्नोलोजी नामक शैक्षिक संस्था छ भने घरजग्गा लगयतका व्यवसायमा समेत उनिहरु सकृया छन् ।


बिहीबार साँझ सार्वजनिक भएको सूचीमा एन्थोनी प्राट पहिलो नम्बरमा छन् ।

प्रकाशित : जेष्ठ ११, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?