कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेपालको समृद्धिमा साथ दिनुहोस्’

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समीम अन्सारीले मुलुकको विकास र समृद्धिमा साथ दिन अपिल गरेका छन् ।

‘नेपालको समृद्धिमा साथ दिनुहोस्’

आफ्नो सम्मानमा प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्च कतारले आइतबार आयोजना गरेको कार्यक्रमलाई कतारको राजधानी दोहामा सम्बोधन गर्दै आफ्नो देशलाई आफैं विकास गर्नुपर्ने धारणा राखे । ‘आफ्नो देशको विकास आफैं गरौं, नयाँ पिंढीलाई समृद्धितिर लैजाऔं,’ उनले भने ।


कतारमा रहेका लाखौं नेपालीको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदानको अन्सारीले स्मरण गरे । उनले चुनावमार्फत जनताले दिएको विश्वासलाई एकताबद्ध भएर पूरा गर्नुपर्नेमा जोड दिए ।


पार्टी एक भएपछि पनि दुई अलग समूहमा विभाजित दुर्व सम्पर्क मञ्चले अन्सारीको स्वागत गरेको थियो ।


कार्यक्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनप्रगतिशील मञ्चका संयोजक रकमध्वज राई, कमलमणि गुरागाईं, शनिकुमार ओली, होमनाथ शर्मा, अब्दुल हफिज मियालगायतलको उपस्थिति थियो ।


प्रकाशित : असार ४, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?