कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनको उपाधि रासअल खेमालाई 

काठमाडौँ — पहिलो एनआरएन यूएई कपको उपाधि रासअल खेमाको नेपाली स्पोर्ट्स् क्लबले हात पारेको छ ।

एनआरएनको उपाधि रासअल खेमालाई 

दुबईको पेनाल्टी फुटबल मैदान सलाउद्दिन स्ट्रिट अबुहिलमा आयोजित प्रतियोगितामा हिमालय फुटबल क्लबलाई शून्यका विरुद्व ३ गोलले नेपाली स्पोर्ट्स् क्लबले जित हासिल गरेको हो ।


विजेताले ६ हजार ६ सय ६६ दिराम (करिब २ लाख रुपैयाँ) सहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता गोरखा सेवा समाजको हिमालय क्लबले ३ हजार ३ सय ३३ दिराम (करिब १ लाख रुपैयाँ) सहित कप, मेडल र प्रमाणपत्र पाएको छ ।


इद बिदाका अवसरमा आयोजित प्रतियोगितामा आयोजक एनआरएन यूएई, नवलपरासी राइनो फुटबल क्लब, सुनुवार सेवा समाज, काष्ठमण्डप फुटबल क्लब, मेची–महाकाली फुटबल क्लब, रूपन्देही ११, राइजिङ स्टार फुटबल क्लब, नेपाली समुदाय यूएई, गोर्खा समाजको हिमालयन फुटबल क्लब, ओल्ड मन्क फुटबल क्लब, नेपाली जनसम्पर्क समिति फुटबल क्लब, माउन्ट एभरेस्ट फुटबल क्लब, नेपाली स्पोर्ट्स् क्लब राक, हिपेट फुटबल क्लब, युनाइटेड स्टार फुटबल क्लब, एनआरएन अबुधाबीको फुटबल समूहसहित १६ टिम सहभागी थियो ।


प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि टेकबहादुर राई, उत्कृष्ट गोलकिपर विमल तामाङ, हाइ–स्कोररको उपाधि संगम बमजनले प्राप्त गरे ।


प्रकाशित : असार ४, २०७५ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?