कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्यास सिलिन्डर पड्किँदा कोरियामा एक नेपालीको मृत्यु

सोल — दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मंगलबार भएको औद्योगिक दुर्घटनामा मोरङ बेलबारीका बलकुमार राईको मृत्यु भएको हो । 

ग्यास सिलिन्डर पड्किँदा कोरियामा एक नेपालीको मृत्यु

दाना पकाउने भाँडामा सोमबार बिहान ग्यास लिक भएर सिलिन्डर पड्किँदा राई घाइते भएका थिए । तुरुन्तै भुसान अस्पताल लगिएका राईलाई राति दुई बजे अस्पतालले मृत घोषणा गरेको उनका साथी सुरेश राजवंशीले जानकारी दिए । राईको शव अस्पतालमै राखिएको छ ।


इपिएसमार्फत तीन वर्षअघि कोरिया आएका ३२ वर्षीय राईको पत्नी र एक छोरा छन् । उक्त कम्पनीमा उनीसहित ६ नेपाली कार्यरत थिए ।


यसअघि जुन १३ तारिखमा यहाँ पोखरा बाझपाटन निवासी बलबहादुर गुरुङ मृत्यु भएको थियो । उनकै शव कोरियामै रहेको छ ।


प्रकाशित : असार ५, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?