कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा नेपालीको मृत्यु

टोकियो — पाँच वर्षअघि अध्ययनका लागि जापान आएका एक नेपालीको सुतेकै अवस्था मृत्यु भएको छ । गुम्बाकेनमा बस्दै आएका सिन्धुपाल्चोकका २७ वर्षीय सुरज थापाको मृत्यु भएको नेपाली साझा समाज जापानका अध्यक्ष बुद्वि शेरचनले जानकारी दिए ।

जापानमा नेपालीको मृत्यु

उनका अनुसार शुक्रबार राति कामबाट फर्केर सुतेका थापा शनिबार बिहान १० बजेतिर मृत फेला परेका थिए ।


बिहान काममा नगएपछि उनी काम गर्ने कम्पनीले सँगै बस्ने साथीलाई सम्पर्क गर्दा मृत्यु भएको खुलेको थियो । थापाको शव स्थानीय प्रहरी प्रमुख कार्यालयमा राखिएको छ । नेपालमा उनको पविारसँग सम्पर्क गर्ने प्रयास भइरहेको शेरचनले जानकारी दिए ।


प्रकाशित : असार १०, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?