कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरिल्याण्ड स्टेट हाउस चुनावमा नेपाली मुलका ह्यारीको प्रारम्भिक जित

दिनेशजंग शाह

न्युयोर्क — नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिष्ट्रिक ८ को प्रारम्भिक चुनावमा जित हासिल गरेका छन् । मंगलबार सम्पन्न डेमोक्रयाटिक् पार्टी प्रतिस्पर्धामा भण्डारी आगामी नोभेम्बरको अन्तिम प्रतिस्पर्धाका लागि पार्टी मनोनयन जित्न सफल भएका हुन् । 

मेरिल्याण्ड स्टेट हाउस चुनावमा नेपाली मुलका ह्यारीको प्रारम्भिक जित

नेपाली मुलका अमेरिकीले अमेरिकी राजनीतिको प्रारम्भिक प्रतिस्पर्धामा जितेको यो दोस्रो अवसर हो । यसअघि सन २०१४ मा जर्जिया हाउस अफ रिप्रेजेन्टिटभस्को डिस्ट्रिक ९५ को प्रारम्भिक निर्वाचनमा डेमोक्रयाटिक पार्टीको तर्फबाट डा. अमृता रेग्मी बिजयी भएकी थिईन । काठमाण्डौंमा जन्मिएकी रेग्मी अन्तिम प्रतिस्पर्धामा रिपब्लिकन प्रत्यासीसंग पराजित भएकी थिईन् ।


मंगलबारको निर्वाचनमा डेमोक्रयाटिक पार्टीको तर्फबाट चार जना मध्येबाट तीन जना उम्मदेवार बिजयी भएको पृष्ठभुमिमा भण्डारीले पाँच हजार ७ सय ६५ मत पाएका छन् । उनी दोस्रो स्थानमा रहे । पहिलो स्थानमा एरिक ब्रोमवेलले छ हजार ३ सय ८७ मत ल्याए भने तेश्रो स्थानमा कार्ल ज्याक्शनले पाँचहजार ५६ मत प्राप्त गरे । अब नोभेम्बरमा हुने अन्तिम प्रतिस्पर्धामा भण्डारीसहितका तीनै जना डेमोक्रयाटिक पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार हुने छन् ।


नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाटिक पार्टीमा करिब एक दशक भन्दा बढी समयदेखि सक्रिय छन् । भण्डारीले आगामी चुनाव जिते नेपाली मुलको हक मै अमेरिकी राजनीतिमा सबैभन्दा ठुलो उपलब्धि हुनेछ ।


विजयी भएपछि भण्डारीले प्रतिक्रिया दिंदै आफनो जित समग्र नेपाली समुदायको जित भएको टिप्पणी गरे । उनले अन्तिम प्रतिस्पर्धामा आफु बिजयी हुने विश्वास प्रकट गरे । तीन जना बिजयी हुने आगामी प्रतिस्पर्धामा भण्डारीसहित ६ जना डेमोक्रयाटिक पार्टीबाट प्रतिस्पर्धी हुनेछन् । यसअघि सन् २०१४ मा भण्डारीले प्रारम्भिक चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : असार १३, २०७५ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?