१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

अस्ट्रेलियाले घटायो आप्रवासीको संख्या

नारायण खड्का

अस्ट्रेलिया — पछिल्लो समय आप्रवासीहरुप्रति कडा नीति लिएको अस्ट्रेलियाले यसवर्ष स्थायी अनुमतिको संख्या करिब १० प्रतिशतले घटाएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार गत वर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्या करिब २१ हजार कम छ । 

अस्ट्रेलियाले घटायो आप्रवासीको संख्या

यसवर्ष करिब १ लाख ६३ हजारलाई मात्र प्रवेशको अनुमति पाएका छन् । गतवर्ष करिब १ लाख ८४ हजारले आप्रवासीका रुपमा प्रवेशको अनुमति पाएका थिए । अध्यागमन विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै स्किल माइग्रेसन कार्यक्रमअन्तर्गत प्रवेश पाउनेहरुको संख्या करिब १२ हजारले कम गरिएको छ भने पारिवारिक शीर्षकअन्तर्गत आउनेहरुको संख्या करिब ९ हजारले कम भएको छ ।


अस्ट्रेलियाले हरेक वर्ष निश्चित संख्यामा आप्रवासीहरुलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ ।


अस्ट्रेलियाका अध्यागमन मन्त्री पिटर डट्टनले आप्रवासीहरुको संख्या कम हुनुमा अध्यागमन विभागको चुस्त कार्य र आवेदकको झुठो आवेदनका कारण रहेको बताए । उनले देशको भलाईका लागि आप्रवासीहरुको संख्या कम गर्नुपर्ने बताउँदै आएका छन् । अस्ट्रेलिया प्रवेश पाएपछि उपलब्ध सेवा लिनेभन्दा पनि सरकारलाई केही योगदान दिनेहरुको आवश्यक्ता रहेको उनको भनाइ थियो ।


अस्ट्रेलियामा सबैभन्दा धेरै आप्रवासीको संख्या भारतबाट रहेको छ भने त्यसपछि चीन र बेलायतका छन् ।

प्रकाशित : असार २९, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?