कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा नेपाल डे मनाइयो 

सोल — नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आइतबार दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया र नेपाली विद्यार्थी समाज (सोनसिक) को संयुक्त आयोजनामा सोलको केन्द्र मानिने ख्वंङहामुनमा दिवस मनाइएको हो ।

कोरियामा नेपाल डे मनाइयो 

कार्यक्रममा सयौं नेपाली जम्मा भएर नेपाली कला र संस्कृति प्रदर्शन गरेका थिए । उनीहरुले विभिन्न जात जातिको मौलिक भेषभुषामा सजिएर, मादल, सारंगी, झाम्टा र डम्फूजस्ता सांस्कृतिक बाजा बजाउँदै र्‍याली निकाले । ३७ डिग्री तापक्रमको बाबजुद पनि नेपालीहरु करिब १ किलोमिटर पैदल हिँडेका थिए ।


सगरमाथा, लुम्बिनी, भक्तपुर र पाटन दरबारजस्ता पर्यटकीय स्थलहरुको पोस्टरहरु प्रदर्शन गर्दै नेपाली गीत, संगीतको धुनमा र्‍याली सम्पन्न गरिएको थियो । कार्यक्रममा कौडा, साकेला, सेलोजस्ता विभिन्न सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । स्टलमार्फत नेपाली कला र संस्कृति झल्कने सामग्री र नेपाली खानपिनको प्रदर्शन गरिएको थियो ।


सोल महानगरपालिकाको सहयोगमा भएको समारोहमा राजदूत अर्जुनजंगबहादुर सिंह, एनआरएन हङकङका अध्यक्ष टीका गुरुङलगायतको उपस्थिति थियो ।

प्रकाशित : श्रावण ६, २०७५ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?