कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियामा ४ नेपालीसहित ७ जनाको रहस्यमय मृत्यु 

१३ नेपाली उपचाररत
घटनाबारे बुझ्दै छौं : नेपाली दूतावास

क्वालालम्पुर — मलेसियामा चार जना नेपालीसहित सात जनाको रहस्यमय मृत्यु भएको छ । उनीहरूको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने आंशका गरिएको छ । 

मलेसियामा ४ नेपालीसहित ७ जनाको रहस्यमय मृत्यु 

मलेसियाको अंग्रेजी दैनिक द स्टारको अनलाइन संस्करणअनुसार मृत्यु हुनेमा चार नेपाली, एक बंगली, एक भारतीय र एक जना स्थानीय गरी सात जनाको मृत्यु भएको हो ।

त्यस घटनामा थप १३ नेपालीसहित दुई बंगलादेशी, एक स्थानीय नागरिक बिरामी भएका छन् । उनीहरूको क्वालालम्पुर, सुंगाइबुलो, आम्पाङ, बान्तिङ र क्लाङस्थित अस्पतालमा उपचार भइरहेको अनलाइनले जनाएको छ ।

‘विषाक्त मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका छ,’ सेलाङरका प्रहरी अधिकारीको भनाइ उद्धत गर्दै अनलाइनमा उल्लेख छ, ‘मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।’

मृतक र बिरामीको पूरा विवरण सार्वजनिक गरिएको छैन ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले घटनाबारे जानकारी लिने प्रयास भइरहेको जनाएको छ । घटनाबारे छानबिन भइरहेको जनाइएको छ ।


प्रकाशित : आश्विन २, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?