कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोलीकाण्डमा नेपाली महिलाको मृत्यु 

न्युयोर्क — बिहीबार मेरिल्याण्ड राज्यमा घटेको एक गोलीकाण्डमा एक नेपाली महिलाको मृत्यु भएको छ । मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा भएको गोलीकाण्डमा ४१ वर्षीया बृन्दा गिरीको ज्यान गएको हो । घटनामा अन्य तीन जनाको समेत निधन भएको प्रहरीले जनाएको छ । 

गोलीकाण्डमा नेपाली महिलाको मृत्यु 

मेरिल्याण्डको बाल्टिमोर सहरबाट करिब ३५ माईल उत्तरपूर्व एबरडिनमा रहेको ‘राइड एड’ कम्पनीमा बिहीबार ९ बजे गोली चलेको थियो । सोही कम्पनीमा कार्यरत एक महिला कर्मचारीले अन्धाधुन्ध गोली चलाएकी थिइन् ।


गोलीमा मृत्यु भएकी गिरी पाँच महिनाअघि मात्र अमेरिका आएकी थिइन् । उनका १४ वर्षकी छोरी र ११ वर्षका छोरा छन् । घटनामा अर्का नेपाली पूर्ण आचार्य घाइते छन् ।


प्रकाशित : आश्विन ६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?